सुजाता राई
विराटनगर । नोबेल साकोस विराटनगर शाखाको ४६औँ शृङ्खलाको अवसरमा विराट मैथिल नाट्यकला परिषद्का अध्यक्ष डोमि कामत सम्मानित भएका छन्।



शनिबार दाहाल प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा नाट्य तथा कला क्षेत्रको विकासका साथै साकोसलाई निरन्तर सहयोग पुर्याएको योगदानको कदर गर्दै कामतलाई सम्मान गरिएको हो।

वरिष्ठ कलाकर्मी प्राज्ञ खेम नेपालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चारु प्रतिष्ठानका अध्यक्ष डा. देवी पन्थी, अग्रज साहित्यकार बलराम पोखरेल, मुक्तक प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेल, प्रा.डा. हरिहर भण्डारी, दाहाल प्रतिष्ठानका केन्द्रीय सदस्य मोहनप्रसाद दाहाल, झोराहटका नाट्यकर्मी तथा अध्यक्ष भरत गुरागाईं, दियर कल्याणका अध्यक्ष विनोद घिमिरे (विवश), पूर्वाञ्चल साहित्य प्रतिष्ठानका सचिव गोकुल अधिकारी, कोशी साहित्य–कला परिषद्का अध्यक्ष केशु बिराही, विराटनगर विभागीय प्रमुख शिवनारायण सिंगल, झिपु चःका सल्लाहकार गणेश बज्राचार्य, समालोचक भवानीप्रसाद पोखरेल, गोपाल निर्भिक, लोचन रिजाल, पूर्व अध्यक्ष तथा पत्रकार सबिना श्रेष्ठ,उमेश लुइँटेल, प्रयाग न्यौपाने, उमानाथ भट्टराई, नवराज पोखरेल (नवसिला), हरिप्रसाद बराल, ईश्वरीप्रसाद गौतमलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा चार दर्जनभन्दा बढी साहित्यकारले कविता, मुक्तक, चारु, गजल, लघुकथा तथा अन्य विधाका बहुभाषिक रचना वाचन गरेका थिए। सहभागी स्रष्टामध्ये प्रेमप्रसाद रिजाल, निर्मला नेपाल, शम्भुप्रसाद भट्टराई, हरिलाल चौधरी, कुमार श्रेष्ठ, ऋषि तिवारी, भूपाल अधिकारी, गोविन्द भगत, किरण अञ्जन, कारी मण्डल, चुडामणि घिमिरे (गोपाल), नानुमाया दाहाल, केशव रिजाल, अमूल्य रिजाल, विद्याप्रसाद गौतम, सुरेश अग्रवाल, उद्धव केसी, दीपक सन्चू, प्रजिता श्रेष्ठ, उमेशकुमार भगत, यमुना भट्टराईलगायत रहेका थिए।

साहित्यिक प्रस्तुतिले कार्यक्रमलाई थप जीवन्त र ऊर्जामय बनाएको सहभागीहरूले बताएका थिए।

मञ्जु घिमिरे दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रम उपाध्यक्ष भूपाल अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको अतिथिहरुलाई खादा माला सह-सचिव रेनुका राईले अर्पण गरिन भने सदस्य कुमार श्रेष्ठले स्रष्टा परिचय गराएका थिए। कार्यक्रमको सञ्चालन सचिव सुजाता राईले गरेकी थिइन्।





