राधेश्याम कुशवाहा
सर्लाहीको बलरामा आयोजित पार्टी प्रवेश तथा विद्यालयको नवनिर्मित भवनको उदघाटन समारोहलाई सम्बोधन गर्दै नेपाल सरकारका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले अग्नि पिडित परिवारलाई सरकारले तत्कालै ५० हजार बराबारको आर्थिक सहयोग प्रदान गरिने बताउनुभएको छ ।
बलरा नगरपालिका वार्ड न. ८ गडहिया डुमरिया स्थित जनता नमुना मावि विद्यालय प्रांगणमा भएको कार्यक्रममा बोल्दै आगलागी पिडितलाई राहत र खद्यान्नका निमत्ति प्रत्येक परिवारलाई उक्त रकम बराबरको सहयोग गरिने उहाँको भनाई छ ।
आगलागीबाट तराई, मधेस, पहाड गरी देशभरी नै ठुलो क्षति ब्योहर्नुपरेको छ, प्रम प्रचण्डले भने ।
मधेसका सर्लाही, महोत्तरी र सप्तरीमा पनि आगलागीबाट ठुलो क्षति भएको छ ।
आगलागीबाट क्षति भएको प्रति उहाँले गहिरो दुख समेत व्यक्त गरे ।
विपदाबाट विस्थापित भएका हिमाल, पहाड र तराईका परिवारलाई पुनस्थापना गर्न पहिला नै सरकारले नितिगत निर्णय गरिसकेको बताउदै उनिहरुलाई पुनस्थापना गर्न ३ लाख सम्म आर्थिक सहयोग गर्न सकिने उहाँले जानकारी समेत गराए ।



अग्नि पिडितलाई सरकारले पुरै सहानुभुतिका साथ सहयोग गर्दै छ । र सबै पिडित परिवारलाई सहानुभूति व्यक्त गर्दै थप सहयोगका लागि प्रतिबदता समेत व्यक्त उहाँले गरे ।
नेपाली सेनाको हेलिकोप्टरले करिब २ बजेको समयमा कार्यक्रम स्थलमा आइपुगेका प्रधानमन्त्री प्रचण्डले लाई हेर्न हजारौंका संख्यामा सर्वसधारण, कार्यकर्ता तथा शुभेक्छुकहरुको घुइचो थियो ।
प्रधानमन्त्री प्रचण्डलाई बलराका मेयर रामाशंकर कुशवाहा, रामनगराका मेयर राजाबाबु यादव, पूर्व संविधान सभा सदस्य शिवपूजन राय लगायत नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए ।
कार्यक्रममा ५ सय भन्दा बढी संख्यामा नेता, कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको आयोजकले जनाएको छ ।
नयाँ प्रवेशीहरुलाई फूलको माला र दोसल्ला ओढाएर प्रधानमन्त्री प्रचण्डले स्वागत गरेका थिए ।
कार्यक्रमा प्रधानमन्त्री प्रचण्डले डा. विर बहादुर महतो द्वारा लिखित सामाजिक, सांस्कृतिक र विकास मुलक अनुसन्धानात्मक कृति पिछडावर्ग संस्कृति र समाज को विमोचन समेत गर्नुभएको छ ।




