दिपेश मल्लिक
जनकपुरधाम – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीति अपराधीकरण भइरहेको बताएका छन्
जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलन तथा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले अहिलेको गम्भीर विषय क्रिमिनलाइजेसन इन पोलिटिक्स रहको बताए । उनले भने, “तपाईंहरुले देखिरहनुभएको छ, सहकारी मात्रै होइन, धेरै ठाउँहरुमा अनावश्यक हिसाबले अख्तियारले, अनावश्यक हिसाबले निर्वाचन आयोगले, सीआईबीले दुःख दिइरहेको छ।”
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता प्राप्तीका लागि गरिरहेको लगातारको उलटफेरले देशको राजनिति गम्भिर मोडमा पुगेको बताए ।




प्रधानमन्त्री कहिले कांग्रेस कहिले एमालेलाई बाध्य पारेर गरिररहेको सत्ता आरोहण कुर्सीका लागि मात्र भएको बताउदै त्यसले राजनिति मुलुकमा अस्थिरता पैदा गरेको बताए ।
डा. कोइरालाले राजनितिक स्थिरता बिना सु्शासन हुन नसक्ने र सुशासन नभए आर्थिक विकास हुन नसक्ने बताए । देशमा रहेको सात प्रदेश र एक संघिय गरि कुल आठ सरकार डेढ वर्षमा २३ पटक फेरिएको बिडम्वना पुणर् स्थिती देशमा रहेको बताउदै उनले जति सुकै बजेट ल्याइएपनि राजनितिक स्थिरता बिना आर्थिक विकास र स्मृद्वि असम्भव रहेको दावी गरे ।
उनले सबै लोकतन्त्रवादीले सरकारको स्थायित्वको लागि सोच्नुपर्ने बेला आएका बताए।
कांग्रेस नेता कोइरालाले देशमा मिश्रित निर्वाचन प्रणाली खारेज हुनु पर्ने र प्रत्येक्ष निर्वाचन प्रणालीमा मात्र चुनावमा जानु पर्ने धारणा व्यक्त गरे। उनले भने, “देशमा मिश्रित निर्वाचन प्रणाली रहे कुनै पनि दलको स्पष्ट दुई तिहाईको सरकारको गठन हनु सम्भव छैन, त्यसैले राजनीतिक स्थायीत्व र दुई तिहाई बहुमतको सरकार गठनको लागि प्रत्यक्ष निर्वाचण प्रणाली मै जानु पर्ने आवश्यक्ता छ।”

नेपाली कांग्रेस र लोकतन्त्र अप्ठयारो परिस्थितिमा रहेकोवेला नेपाल प्रेस युनियनमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशको अध्यक्ष राजेश कर्णको प्रवेश ताकतको रुपमा रहेको बताए । उनले नव प्रवेशि अध्यक्ष कर्णलाई धन्यवाद ज्ञापन गर्दै सञ्चार र सञ्चारकर्मीहरुका हक–हितका लागि आवाज बुलन्द गर्न प्रेरित गरे ।
नेपाल पत्रकार महासंघको चुनाव नजदिकिएकोले कति जिल्लाहरुमा युनियनकर्मी पत्रकारसार्थीहरुको नाम काटिएकोले बिना सदस्यता निक्र्योल गरि अधिवेशन गराउनु फजुल रेहेको, उनले दाबि गरे ।
नेपाल प्रेस यनुनियनका केन्द्रिय उपाध्यक्ष अनिल कर्णले पत्रकारहरुका बेथितिका बारेमा प्रकाश पार्दे अध्यक्ष कर्ण फेरि आफ्नै घरमा फर्किएकाेले खुसि ब्यक्त गर्दै तीन दशक देखि पत्रकारिता क्षेत्रमा निरन्तर कलम चलाएको उल्लेख गरे ।
सो अवसरमा नेपाल प्रेस युनियनमा प्रवेश गरेका नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कुमार कणर्लाई डा. कोईरालाले अविर र माला लगाएर स्वागत गरे ।
नेपाल प्रेस युनियन मधेश प्रदेशका महासचिव अजय कुमार साहले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रमको अध्यक्षता नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन सिंहले गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. चन्द्रमोहन यादव, पूर्व केन्द्रिय सदस्य रामकृष्ण यादव , पूर्व सांसद दिनेश परसैला, प्रदश सभासद रामसरोज यादव, नेपाली कांग्रेस धनुषाका सभापती योगेन्द्र पजियार, महोत्तरी सभापति नागेश्वर यादव, नेपाली कांग्रेसका महासमिति सदस्य प्रफुल्ल राज घिमिरे , प्रेस स्वतन्त्रता सेनानी अशोक रौनियार, नेपाल प्रेस युनियनका केन्द्रिय परामर्शदाता हिंमाशु चौधरी, केन्द्रीय पार्सदहरु अजय झा, शैलेन्द्र झा, नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामत लगायतका उपस्थिति रहेको थियो ।




