जनता वहुमुखी क्याम्पस बर्दिवासका विध्यार्थीहरुले परोपकारी कार्यको पारम्भ रक्तदान र रक्तसंचार केन्द्रको दानपेटिका व्यवस्थापनवाट गरेका छ्न ।
क्याम्पसमा स्नातक तहमा अध्यण गर्ने विद्यार्थीहरुले रक्तदानसगैँ दानपेटिकामा खाजा खाने पैसा वचत गरेर परोपकारी कार्यको आरम्भ गरेका हुन ।



आज एक कार्यक्रमका विच झण्डै ६७ जनाले रक्तदान गरेको क्याम्पसका प्राध्यापक कविन्द्र कटेलले जानकारी दिए । `यो कार्यवाट विध्यार्थीहरुलाई परोपकारी कार्यमा लाग्ने प्रोत्साहन मिलेको छ ।´ प्राध्यापक कटेलले भने । `रगतको अभावमा छटपट्याईरहेकाहरुको जीवन वचाउने यो भन्दा ठूलो पुन्य के हुन सक्ला र !´
दानपेटिका व्यवस्थापनवाट संकलन भएको पैसामा समेत विद्यार्थीहरु कै अधिकारमा रहने र आवस्यक्ताअनुसार परोपकारी कार्यमा खर्च गर्न सक्ने रेडक्रस बर्दिवासका पुर्व सभापती तथा जिल्ला कार्यसमिती सदस्य मुकुन्द पौडेलले जानकारी दिए ।
यता जुनियर रेडक्रस सोसाइटी गठन गरेर रेडक्रस कै माध्यमवाट विद्यार्थीहरुलाई समाजिक सेवाभाव सहितको संस्कार विकासमा ध्यान पुर्याउनेमा क्याम्पसले योजना वनाएको छ । विद्यालय र क्याम्पस तहमा नै विद्यार्थीहरुलाई सेवाभाव जागृत गराउन व्यवहारिक क्रियाकलापमा जोड दिनुपर्ने वताउदै क्याम्पस प्राचार्य सिताराम खडकाले यो कार्यक्रमवाट उनिहरु उत्साहित देखिएको वताए ।
स्नातक तह चौथो बर्षमा अध्यणरत छात्रा आशा भण्डारीले परोपकारी कार्यमा थप कौतहुलता सिर्जना गरेको वताईन । नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले दानपेटिकामा ५ हजार दान गरेर विद्यार्थीहरुलाई प्रोत्साहन गरेका थिए ।




