महोत्तरी- महोत्तरीको वर्दिवासमा टाटा सुमोले माेटर साइकललाई ठक्कर दिंदा मोटर साइकल चालककाे मृ’त्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार विहिवार वर्दिवास ३ कारेभोगटे पुल स्थित बर्दिवास बाट सिन्धुली तर्फ जाँदै गरेको ना १ ज ५७४७ नं.को सुमोले बिपरित दिशा तर्फबाट आँउदै गरेको स १० प ३९९३ नं.को मोटरसाईकललाई ठक्कर दिएको थियो ।



सुमोको ठक्करबाट मोटरसाईकल चालक उदयपुरको त्रियुगा नगरपालिका ५ बस्ने ३५ वर्षीय सुन्धिर मिश्रा गम्भिर घाईते भएको थियो । घाइते मिश्रालाई उपचारको लागी शुभ स्वस्तिक अस्पतालमा बर्दिबास प्राथमिक उपचार पछि थप उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर मोरङमा पठाईएकोमा उनको उपचारको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
मृतक मिश्राको शव सोही अस्पतालमा रहेको सुमो,चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।




