सुजाता राई
विराटनगर । नोबेल साकोसको मासिक साहित्यिक कार्यक्रम फागुन १७ गते शनिबार दाहाल प्रतिष्ठानको सभा हलमा शाखाकी अध्यक्ष मञ्जु घिमिरे दाहालको अध्यक्षतामा राष्ट्र सेवकको अध्यक्ष तथा समाजसेवि “जीवन काफ्लेको” प्रमुख अतिथ्यतामा सम्पन्न भयो।



विशिष्ट अतिथि मुक्तक प्रतिष्ठानका अध्यक्ष “बाबुराम पोखरेल, अतिथिहरु नाट्य समूहको अध्यक्ष भरत गुरागाई, विराट संगमका सम्पादक “राम बाबु दाहाल, भानुकला केन्द्रका अध्यक्ष “माया पौडेल, साहित्यकार एवं समलोचक भवानी प्रसाद पोखरेल, साहित्यकार एल.पि पराजुलीको उपस्थिति थियो।

नव युवा प्रमिला प्याकुरेल थप आजिवन सदस्यमा आगमन, युवा शक्तिशाली कवि मदन भण्डारी,डा.निमेश पोखरेलको सन्देशमुलक,मार्मिक रचना लगायत साहित्यकार छन्द बाटिकाको अध्यक्ष -हरि कट्टेल सचिव -चिरञ्जीवी काफ्लेको उत्कृष्ट कविता सुनेर सबैलाई आनन्द प्राप्त भो।

पहुनलाई स्वागत मन्तव्य संस्थाको उपाध्यक्ष “भुपाल अधिकारीले गरे भने आजिवन सदस्यको प्रमाणपत्र कोषाध्यक्ष ऋषि तिवारीले पढेर सुनाए ।
कार्यक्रम सञ्चालन संस्थाका सचिव सुजाता राईले गरेकी थिइन् ।
काव्य गोष्ठीमा साहित्यकार रोहिणी रसिक,साकोसको सल्लाहकार प्रीन्स प्रमोद्को उपस्थिति,पदाधिकारी सह सचिव -रेनुका राई सदस्य -शान्ता भट्टराई लगायत राधा भट्टराई,नानुमैया दाहाल, चन्द्रकान्त भट्टराई आदि साहित्यकार, कविहरूले विभिन्न विद्यामा रचना वाचन गरेर कार्यक्रमको शोभा बढाए।





