जनकपुर –बर्दिवासका पीडितहरू बुधबार फेरि काठमाडौंस्थित रेल विभाग पुगेका छन् । लामो समयदेखि मुआब्जा वितरण नहुँदा बर्दिवासका पीडित किसानले रेल विभाग घेराउ गर्दै आएका छन् ।
बुधबार रेल विभाग पुगेका पीडित किसानसँग रेल्वे कम्पनीका पूर्वमहानिर्देशक गुरुप्रसाद भट्टराईको नेतृत्वमा छलफल भएको किसान खडक सिंहले जानकारी दिए । छलफलमा ‘मुआब्जा वितरण यथाशक्य चाँडो काम अघि बढाइनेछ’ भन्ने आश्वासन दिइएको उनले बताए ।



‘बर्दिवासका पीडित जनताले पटकपटक रेल विभागको ढोका ढक्ढक्याउँदै आएका छन्, केवल प्रक्रिया लम्ब्याउने र समय कटाउने प्रवृत्ति मात्र देखिएको छ,’ उनले भने ।





