सुजाता राई
विराटनगरको रोडसेस चोकमा नयाँ रूप र रंगको मनोरञ्जनस्थल ‘सुनामी डान्स बार’ को शनिबार मामा,भान्जा र काका जनक श्रेष्ठ,सुरज श्रेष्ठ र दिपेन्द्र खुलालले डेड करोड भन्दा बढी रकम खर्चेर विश्वको विकासित मुलुक दुबईको मोडेलमा आधारित रहेर भव्य उद्घाटन सम्पन्न गरेका छ्न्।



उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि-खेलकुद बोर्डका सचिव कृष्ण बस्नेत (पर्शुराम)को उपस्थितिमा गरिएको हो।उद्घाटन कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुति, नृत्य, र आकर्षक झिलिमिली सजावटले माहोल उत्सवमय बन्यो।

स्थानीय व्यवसायी, कलाकार, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा उपस्थितहरूले ‘सुनामी डान्स बार’ ले विराटनगरको मनोरञ्जन क्षेत्रमा नयाँ ऊर्जा थपेको प्रतिक्रिया दिएका थिए।

बार सञ्चालकका अनुसार यहाँ नृत्यको विविधता, आकर्षक वातावरण र परिवारमै बसेर रमाइलो गर्न सकिने वातावरण तयार गरिएको छ।
कार्यक्रम दिउँसो २ बजेबाट सुरु भई साँझसम्म सांस्कृतिक प्रस्तुति र आतिथ्य सत्कारसहित निरन्तर चलेको थियो।




