महोत्तरी – जिल्ला कारागार महोत्तरीले कारागारबाट भागेका कैदीवन्दीहरुलाई स्वेच्छाले कारागार फर्किन आग्रह गरेको छ ।महोत्तरी र धनुषा जिल्लाको लागि रहेको एकमात्र कारागार जलेश्वरका निमित्त कार्यालय प्रमुख रविनचन्द्र ठाकुरले वुधबार साँझ एक अपिल जारी गर्नुहुदै २४ घण्टा भित्र स्वेच्छाले कारागार फर्किन आग्रह गर्नुभएको हो ।
यही भदौ २४ गते साँझ जेनजीहरुको आन्दोलनले गर्दा जलेश्वर कारागारमा रहेका ५७७ कैदीवन्दीहरु मध्ये ५७६ कैदीवन्दी भागेका थिए । जेनजीहरुको आन्दोलनको क्रममा अप्रत्यासित रुपमा कारागार कार्यालय महोत्तरीको बन्दीगृहमा भागमभाग मच्चिँदा भागेका सम्पूर्ण कैदीवन्दीहरुलाई स्वेच्छाले २४ घण्टा भित्र कारागार कार्यालयमा फर्किन हार्दिक अपिल गर्दछु अपिलपत्रमा उल्लेख गरेको छ ।



आफुखुशी वा स्वेच्छाले कैदीवन्दीहरु कारागारमा नफर्केमा कानुन वमोजिम सजायको व्यवस्था समेत हुने अपिल पत्रमा उल्लेख गरिएको छ ।कारागार प्रशासनका निमित्त प्रमुख रविनचन्द्र ठाकुरले तोकिएको समयमा फर्किएका कैदीवन्दीहरुलाई विनाशर्त राखिने जानकारी दिनुहुदै त्यस्तो नगरिए थप सजाय समेत हुने बताउनुभयो
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले मङ्लवार साँझ ७ बजे लाठीसहित आन्दोलनकारीहरु आएपछि कैदीवन्दीहरु समेत पर्खाल भत्काउँदै भागेको बताउनुहुदै जिल्ला कारागार जलेश्वरमा रहेको ५७७ कैदी वन्दी मध्ये एकजना बाहेक सबै भागेको जानकारी दिनुभयो । उहाँले नभागेका एकजना कैदीवन्दीलाई जिल्ला प्रशासनमा राखिएको जानकारी दिनुभयो ।





