सुजाता राई
विराटनगर । खोटाङ सामाजिक सेवा मञ्चद्वारा आयोजित रचनावाचन कार्यक्रम शनिबार सोही स्थानमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यकार विवश पोखरेल रहेका थिए भने विशेष अतिथिका रूपमा विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, अग्रज साहित्यकार बलराम पोखरेल, संयोजक बाबुराम पोखरेल तथा अच्युतप्रसाद खतिवडा उपस्थित थिए।




कार्यक्रममा भवानीप्रसाद पोखरेल, हरिप्रसाद बराल, विद्याप्रसाद गौतम, फडिन्द्रप्रसाद पराजुली, लक्ष्मी पोखरेल, लक्ष्मी रायमाझी, प्रेमप्रसाद रिजाल, रोहिणी रासिक, एकनाथ दाहाल, प्रयाग न्यौपाने, मेघनाथ रिजाल, यमुना भट्टराई, सुशिला प्रसाईं, डोमी कामत, निर्मला नेपाल, उमेश लुइँटेल, चन्द्रकान्त भट्टराई, मञ्जु घिमिरे (दाहाल), शम्भुप्रसाद भट्टराई, गायत्री कुमार चापागाईं, गोकुल अधिकारी, शैलेन्द्र घिमिरे, आनन्द भण्डारी, केदारनाथ ढकाल, शारदा भट्टराई, एकनाथ ढकाल, राधेश्याम घिमिरे, चुडामणि घिमिरे (गोपाल) र सुजाता राईलगायतका स्रष्टाले आफ्ना विविध रचना वाचन गरेका थिए।

साहित्यिक सिर्जनाले भरिएको उक्त कार्यक्रममा सबै सहभागीको प्रस्तुति उत्कृष्ट रहेको आयोजकले जनाएको छ। यस कार्यक्रममा अच्युतप्रसाद खतिवडाले स्थापना गर्नुभएको साहित्य प्रोत्साहन पुरस्कार यमुना भट्टराई र निर्मला नेपाललाई जनही रु. पाच सयका दरले प्रदान गरिएको थियो ।

कृष्णप्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा रहेको सो कार्यक्रमको सञ्चालन भने नानुमाया दाहालको थियो।




