बर्दिवासका उद्योगी तथा व्यापारीहरू आसन्न निर्वाचनलाई लक्षित गर्दै चुनावी मैदानमा होमिएका छन् ।
आगामी २४ गते निर्धारित निर्वाचनका लागि दुई छुट्टाछुट्टै प्यानल निर्माण गरी उनीहरू प्रतिस्पर्धामा उत्रिएका हुन्।



एक प्यानलको नेतृत्व निवर्तमान महासचिव उत्तमकुमार श्रेष्ठले गरेका छन् भने अर्को प्यानल शुभस्वस्तिक अस्पतालका सञ्चालक दिपक कार्कीको नेतृत्वमा रहेको छ। कार्की यसअघि दुई कार्यकाल सदस्य पदमा निर्वाचित भइसकेका छन्।
श्रेष्ठ नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा नारायण घिमिरे, महासचिवमा शैलेश दाहाल, द्वितीय उपाध्यक्षमा उमेश महतो, सचिवमा यादवप्रसाद पोखरेल र कोषाध्यक्षमा सुरज खड्का रहेका छन्। अघिल्लो कार्यकालमा शैलेश दाहाल सचिव र सुरज खड्का कोषाध्यक्ष पदमा कार्यरत थिए। यसैगरी महिला सह-कोषाध्यक्षमा विष्णु लामा रहेकि छन ।
महिला सदस्यतर्फ अम्बिका देवी, भगवती कुमारी साह, बिन्दा कुमारी थापा र बिमला पौडेल उम्मेदवार छन् भने पुरुष सदस्यतर्फ मोहम्मद अनायत रसुल, निजन निरौला, रमेश विश्वकर्मा, खोमराज बुढाथोकी र कृष्ण श्रेष्ठ रहेका छन्। निर्वाचन अधिकृत विष्णु कार्कीका अनुसार सबै पदमा प्रतिस्पर्धा हुने भएको छ।
त्यसैगरी कार्की नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा रञ्जितराज ढुंगाना, द्वितीय उपाध्यक्षमा रामनाथ साह, महासचिवमा केदार गौतम, कोषाध्यक्षमा सुरेन्द्र बम्जन, सचिवमा रिमनाथ अधिकारी तथा महिला सह-कोषाध्यक्षमा संगम कुमारी गोले रहेका छन्। ढुंगाना अघिल्लो कार्यकालमा सदस्यमा निर्वाचित भएका थिए।
यस प्यानलअन्तर्गत महिला सदस्यमा संगिता यादव, सुनिता कुमारी साह, रेणु कुमारी पाँचे र तृषा श्रेष्ठ रहेका छन् भने पुरुष सदस्यमा रामएकवाल महतो, नसिफ नदाफ, वीरबहादुर पौडेल, जुकबहादुर समाल र प्रज्वल बस्नेत उम्मेदवार छन्।
प्यानल बाहिरबाट द्वितीय उपाध्यक्ष पदका लागि हिमांशु कुमार संचेती (अंकित) को एकल उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ।
यसैगरी आरक्षित सदस्यतर्फ वडा नं. ५, १० र ११ को प्रतिनिधित्व गर्दै विष्णुदेव उपाध्याय तथा वडा नं. ६, ७, ८, ९, १२ र १३ को प्रतिनिधित्व गर्दै भोगेन्द्र सिंहको एकल उम्मेदवारी परेकोले उनीहरू निर्विरोध निर्वाचित हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।




