सुजाता राई
विराटनगर । नोबेल साकोस शाखाको आयोजनामा शनिबार विराटनगरस्थित दाहाल प्रतिष्ठानको सभा हलमा शनिबार नियमित रचनावाचन कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा कण लघुकथा मञ्च बेलबारीका अध्यक्ष दीप मग्रान्ती प्रमुख अतिथि रहेका उक्त कार्यक्रममा विशिष्ट अतिथिमा विराट साहित्य संगमका अध्यक्ष मधु पोख्रेल र चारु प्रतिष्ठानका अध्यक्ष डा. देवी पन्थी सहभागी थिए। त्यसैगरी कोशी साहित्यकला परिषद् नेपालका अध्यक्ष केशु विरही, प्राज्ञ खेम नेपाली, विराटनगर प्रज्ञा प्रतिष्ठानका शिवनारायण सिंगल, विराट साहित्य संगमका सम्पादक रामबाबु दाहाल तथा साहित्यकार एवं नाट्यकर्मी प्रायग न्यौपानेको उपस्थिति थियो।




कार्यक्रममा सहभागी कविहरूले विभिन्न भाषाभाषीका रचनाहरू वाचन गर्दै साहित्यिक वातावरणलाई समृद्ध बनाए। समालोचक भवानीप्रसाद पोखरेलसहित डोमि कामात, चन्द्रकान्ता भट्टराई, पवित्रा सापकोटा, पुण्य चौलागाईं, गोमा घिमिरे, गीता देवी पोखरेल, राधा भट्टराई, किरण अन्जन, किस्मत खतिवडा, नवराज नवसिला, पुष्पा सायरा, सुरेश कुमार अग्रवाल, अंशु कुमार गुप्ता, केशव ज्वालामुखी केसी, प्रेमप्रसाद रिजाल, ज्ञानबहादुर पुडासैनी, स्वयम्भूनाथ कार्की, शम्भुप्रसाद भट्टराई, मदन भण्डारी, कुमार श्रेष्ठ, केशव रिजाल, चुडामणि घिमिरे, शान्ता भट्टराई, ऋषि तिवारी, भूपाल अधिकारी,हरिलाल चौधरी लगायतले रचनावाचन प्रस्तुत गरे।

विभिन्न क्षेत्रबाट नयाँ संस्थाहरूको सहभागिताले कार्यक्रम थप उत्साहपूर्ण बनेको स्रष्टाहरुले जनाएको छ।
कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष भोपल अधिकारीले राखेका थिए भने मञ्जु घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सुजाता राईले गरेकी थिइन्।





