महोत्तरी – गौशाला बजार विकासको सवालमा आफ्नो पार्टीले अवश्य पनि उचित कदम चाल्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा अमरेश कुमार सिंहले बताएका छन् ।
सोमबार दिउँसो महोत्तरीको गौशाला बजार अनुगमन पश्चात संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै सर्लाहीबाट प्रतिनिधीसभा सदस्यमा निर्वाचत भएका नेता डा. सिंहले भने, ‘गौशालामा अहिले सडक र नालाको विकासको अभाव देखिएको छ । जसलाई हाम्रो पार्टी नेतृत्वको सरकारले जनआकांशा अनुरुप अवश्य नै पुरा गर्नेछ ।’



बजार यसभेगकै पुरानो अनि चर्चित भएकोले यसलाई विकास गर्नुपर्नेमा नेता सिंहले जोड दिएका छन् ।




