जनकपुरधाम- जीवन सुन्दर अनि अमूल्य छ। जिवन गतिशिल हुन्छ। जिवनमा दुख सुख आइरहन्छ । यो मानव जीवनको बयान शब्दले अपुग हुन्छ। जुन व्यक्ति जीवनलाई सुन्दर तथा कलात्मक तरिकाले जिउन जान्दछ त्यो मानव नै बुद्धिमान कहलाउँछ । समाजमा ऊ अब्बल दर्जाका रुपमा उदाहरण भइरहन्छ तर, जीवन जिउने कला सबैमा हुँदैन।
केहि कहावतहरु छन, ‘पानी र जवानी कहिले फर्केर आउँदैन।’ यो भनाइ कुलतमा जीवन बर्बाद गर्नेहरुप्रति पनि लक्षित छ।



कुलत पनि धेरै किसिमका हुन्छन्। समाजिक सञ्जाल को दुरुपयोग, लागु पदार्थ दुर्व्यसन,चोरी , डकैती, फिरौती आदि । त्यसमध्ये अहिले समाजमा ब्याप्त लागु पदार्थ दुर्व्यसन र त्यसले निम्ताउने समस्या दर्दनाक छ । त्यस्ता घटनाहरु सुन्दा पनि आङ्ग जिरिङ्ग हुन्छ। टिन एजर्स युवायुवतीहरु कुलतमा लागेर जिन्दगी बर्बाद गर्दै गरेको कुरा विभिन्न सञ्चार माध्यमहरुमा सुन्न र देख्न पाइन्छ । यो कुनै अनौठौ पनि हैन किनकि यो समस्या घट्नु को सट्टा दिनानुदिन बढिरहेको छ।
लागु औषधको दुरुपयोको समस्या दिनानुदिन भुषको आगो झै फैलिरहेको छ ।बिशेष गरेर किशोर किशोरी अथवा बिद्यालयका बिद्यार्थीहरु बढि यसवाट प्रभाबित हुन पुगिरहेका छन् ।भबिस्यका कर्णधार यूवा यूवतिहरु लागु औषध जुटाउनको लागी चोरी, डकैति , लुटपाट , हत्या बलात्कारतिर समेत उन्मुख हुदै गइरहेका छन्। अर्कोतर्फ लागु औषध प्रयोगकर्ताहरुको स्वास्थ्य कमजोर हुदैजाने भएकाले यसवाट ब्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै ठुलो क्षति हुन पुग्छ । अर्कातिर लागु औषधका कारोबारी पिचासहरुले पनि आफ्नो व्यापार यूवा मार्फत संचालन गर्दै आईरहेका छन् ।
धनुषामा लागु औषध सेवनकर्ताको अवस्था
पछिल्लो तथ्यांक हेर्ने हो भने धनुषामा यस्ता थुप्रै घटनाहरु घटेका छन् जसको कारण नै लागु औषधको प्रयोग हो । मिति २०८० कार्तिक ८ गते बुधबार को घटना हो , जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित धान खेतमा जनकपुरधाम उपमहानगरपालिका २४ सोनापाराका २२ वर्षीय रुपेश महराको हत्या गरिएको अवस्थामा लाश फेला पर्यो। अनुसन्धान गर्दै जाँदा दुई जना पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्का का अनुसार पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापारा बस्ने २० वर्षीय पवन सहनी र २० वर्षीय हरिचरण मण्डल रहेकाे र तिनै जनाले लागु औषध नाइट्राभेट ट्याब्लेट किनेर सेवन गरी नेपाल फर्किएपछि धनुषामा आएर घटना घटाएको थियो।

त्यस्तै मिति २०८० कार्तिक २१ गते जिल्ला प्रहरी कार्यालय धनुषाले गोप्य सूचनाको आधारमा जनकपुरधामका उपमहानगरपालिका -४ मुरली चौकमा लागु औषध सहित एक जनालाई प्रकाउ गरिएको थियो। प्रकाउ पर्ने धनुषाको हंसपुर नगरपालिका -३ बस्ने वर्ष २४ का विशाल नारायण झा रहेको थियो। मुरली चौकमा प्रदेश २-०२-००३ प. ५०२७ नं. मोटरसाईकलमा सवार जिल्ला धनुषा हंसपुर नगरपालिका वडा नं. ३ वस्ने वर्ष २४ को विशाल नारायण झालाई रोकी चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागु औषध नाईट्रोभेट ट्यावलेट ( ९९ पिस ) बरामद भएको र उक्त लागु औषध र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई लागु औषध मुद्दा शिर्षकमा म्याद लिई थप अनुसन्धान कार्य भई रहेको कुरा जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको थियो।
यो एक दुई वटा उदाहरण मात्र हो । जुन लागु औषध को सेवनले गर्दा एकअर्काको ज्यान लिन उनीहरूलाई बाध्य बनाइ दिएका छन्। तर कतिपय यस्ता घटनाहरू पनि छन् जो लागु औषधको प्रयोगले आफ्नो ज्यान मात्र मार्दैनन् ,उ आफुसँग निर्दोष मान्छेलाई पनि मार्छन्। लागु औषधको प्रयोगले तिव्र गतिमा मोटरसाइकल कुदाउने गरेको र त्यसले निम्ताएको दुर्घटनाको सिकार आफु सहित निर्दोष मान्छेलाई पनि मृत्युको सिकार बनाउने गरेका छन्।

यता जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्दै दसैँ अवधिभर धनुषामा चोरीसहित विभिन्न आपराधिक घटनामा संलग्न रहेकाे आराेपमा ३७ जनालाई पक्राउ गरिएको थियो। दसैँको घटस्थापनादेखि दशमीसम्म चोरी, लागूऔषध सेवन र शंकास्पद रूपमा हिँड्डुल गर्नेलगायतका ३७ जनालाई पक्राउ गरेका मध्येबाट मोटरसाइकल र साइकल चोरी आरोपमा ४/४ जना, मोटर चोरीमा संलग्न २ जना, घरमा चोरी गर्ने आरोपमा ८ जना, घरको ताल्चा फुटाउने घटनामा संलग्न ४ जना लागूऔषध सेवन गर्ने ६ जनासहित मेलामा रातिको समयमा शंकास्पद रूपमा हिँड्डुल गर्ने ७ जना गरी ३७ जनालाई पक्राउ गरिएको थियो। सोहि मध्येबाट ६ जना लागु औषध सेवन कर्ताको रुपमा समातिएपनि बाँकी व्यक्तिहरु समेत लागु औषध सेवन गरेर घटना घटाएको अनुमान रहेको छ। जिल्ला प्रहरी कार्यालय धनुषामा लागु औषध प्रयोगकर्ताका रुपमा सबैभन्दा बढी १२ वर्षदेखि २०/२२ वर्ष सम्म मा केटाकेटीहरु संलग्न भएको तथ्याङ्क छ।
युवाहरु लागु औषध सेवन गरेर घटना घटाइरहेको प्रति मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्रालय गम्भिर रहको कुरा मन्त्री मो. समिम बताउँछन्। उनका अनुसार ” लागु औषध सेवन मा युवाहरु सक्रिय छन्, हाम्रो मातहतमा प्रहरी नहुँदा हामी कडा एक्सन लिन सकिरहेका छैनौं।’असारदेखि मात्रै प्रदेशमा तीसवटा जति हत्याका घटना भएका छन्। अपराधले सीमा नाघेको छ। लागुऔषधको दलदलमा फसेर युवा बर्बाद भइरहेका छन्। प्रहरी जवानलाई समेत चलाउने हाम्रो हैसियत छैन। उल्टै प्रदेश निकम्मा भयो भनेर दोष हामीलाई दिइएको छ,’ उनले प्रश्न गरे, ‘प्रहरी प्रशासनबिना कस्तो सरकार हुन्छ? अधिकार नदिनुको अर्थ त संघीयता भत्काउने षड्यन्त्र नै हो नि! सरकारले संघीयता खारेज नै गर्न खोजेको छ भने गरेर हेरोस् न त!’ यसको लागि हामिले संघिय सरकारलाई ३० दिने अल्टिमेटम दिएका छौं।
धनुषामा युवाहरुको सर्वाङ्गिक विकासका लागि स्थापना भएको युवा क्लबहरुको भुमिका के ?
यसरी युवाहरुको सक्रियता लागु औषध तर्फ देखिरहँदा समाजमा सकरात्मक परिवर्तन का लागि स्थापना भएको कल्ब ,युबा क्लब, संघसंस्थाहरुले युवाहरुको विषयमा के गरिरहेका छन् भन्ने प्रश्न पनि स्वाभिक नै हो? समाजमा स्थापना भएको क्लब के का लागि? वर्षमा एक दुई चोटि मेला ठेला लगाएर चन्दा असुली गर्न ?
जिल्ला प्रशासन कार्यालय धनुषामा जम्मा ३ हजार ८२ संघसंस्थाहरु/युवा क्लबहरु दर्ता रहेका छन् ।मधेस प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम सहित को धनुषा जिल्लामा युवा क्लबहरु दर्ता भईरहेको र अहिले पनि १० देखि १२ वटा युवा क्लबहरु दर्ता प्रकिया मै रहेको कुरा जिल्ला प्रशासन कार्यालय धनुषा का प्रशासन विभागका अधिकारी सुनिल कुमार झा बताउँछन्। यधपी ३ हजार ८२ युवा क्लब/ संघसंस्थाहरु मध्ये युवाहरुको विकासको लागि काम गर्ने संस्था एकदमै न्युन मात्रामा रहेको छ।

युवा क्लब ,क्लब कमिटी सामाजिक संघ संस्थाको दायित्व, कर्म, धर्म र इमान्दारिता के ? उनीहरूको आचरण र व्यवहार माघि प्रश्न गर्ने निकाय खोई ? क्लबहरुले बर्षमा एक पूजा एक दहन को आयोजना र समापन मात्र ? कहा गयो खेलकूद ? युवा सशक्तिकरण र बिकास का मुद्दाहरु ? कहाँ गयो समतामूलक समाज को निर्माणको नारा , कहाँ गयो सकरात्मक परिवर्तन को पहलदायिक कदम ? भ्रष्टाचार बिरुद्धको अनुपम डेग र बुलंद आवाज लगाउने सपथ खोई ? लागू औषध दुर्ब्यासनमा फसी रहेका युवाहरु लाई कुलत बाट छुटकारा दिलाउने काम क्लब कमिटिको होइन ? युवाहरुलाई सचेत गराउने काम क्लब कमिटिको हैन ? युवाहरुको नेतृत्व क्षमता अभिवृद्धि गरी उनीहरुलाई सकरात्मक पथमा उत्प्रेरित गर्ने काम क्लबको हैन र ? सामाजिक न्यायको कुरो निस्वार्थ गर्ने काम कसको ? निस्वार्थ सामाजिक क्षेत्रमा कति क्लब कमिटीहरु सक्रिय रूपम काम गर्दछन ? क्लबको सदस्य र पदाधिकारिहरु गुट उपगुट मा बिभाजित हुनुको रहस्य के ? यस्ता थुप्रै प्रश्नहरु को जवाफ पाउन कहाँ र कुन निकायमा जाने ?

हामीले हरेक क्लब कमिटिको बिधान पलटाई हेर्यो भने मात्र पूजापाठ कस – कसमा लेखेको छ ? कसले कति र कस्तो दायित्व निर्वाह गर्दैछ र कसले दलाली, चापलूसी, लठैती गर्दैछ। बिधानमा उल्लेख भए बमोजिमको काम २० प्रतिशत पनि नभएको अवस्था छ। धनुषाका थुप्रै क्लबहरु मा राजनितिक दलका शिर्ष नेताहरुको बर्चश्व रहेको देखिन्छ। राजधानी शहर जनकपुरधाम का क्लबहरुले बर्षमा एक दुईचोटि पुजाआजा गरेर ,चन्दा संकलन गरेर कमाई खाने भाँडो को रुपमा लिदै आएको छ। जनकपुरधाम का क्लब कमिटी पार्टीगत र नेतागत गुलाम बनेको छ। साथै भित्रि गाँउ घरमा रहेका क्लबहरु को अवस्था पनि चिन्ताजनक नै रहेको छ। विदेशी रोजगारीको सिलसिलामा पलायन भएका युवाहरु क्लबलाई हेर्नै छाडे , न त गाँउमा क्लब चलाउने युवा नै छन्,न त क्लबको भुमिका।
तत्कालीन अवस्थामा धनुषाको हिमालय युवा क्लब नक्टाझिजले वरिपरि का गाविसहरुलाई खुल्ला दिशा मुक्त घोषणा गर्न , समाजमा दाइजो प्रथा,बाल बिवाह न्युनिकरण गर्न, पुर्ण सरसफाई र लागु औषध सेवन मा लागेका युवाहरुलाई सकरात्मक पथमा हिड्न विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमहरु गर्थे। त्यतिबेला त्यो क्लबले देखाएको प्रतिभा स्वरुप तत्कालिन क्लब का अध्यक्ष अरुण कुमार महतोलाई जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति धनुषाले “जिल्ला सरसफाई च्याम्पियन” अवार्ड ले सम्मानित गरेका थिए। त्यतिबेला क्लबले विभिन्न विधामा गरेको कामको चर्चा छिमेकी जिल्लाहरुमा समेत प्रभाव पार्न सफल भएका थिए तर अहिले अवस्था चिन्ताजनक छ। त्यहाँ का अधिकांश युवाहरु लागु औषध सेवन गरेर तिव्र गतिमा मोटरसाइकल कुदाउदा दुर्घटना,गाँउघर मा चोरी डकैती र मानिसको मृत्यू समेत गर्दै आएका घटनाहरु छन्। तर अहिले त्यहि हिमालय युवा क्लब नक्टाझिज मौन अवस्थामा छ। समितिहरुमा मतभेद र युवा पलायन को समस्याले क्लबले सोचे अनुसारको काम र विधानमा उल्लेख गरिएका कामहरु गर्न सक्ने अवस्थामा रहेको छैन।

यस्ता थुप्रै क्लबहरु छन् जो लागु औषध प्रयोगकर्ताहरुलाई विभिन्न किसिमको तालिमहरु प्रदान गरेर युवाहरुलाई स्वरोजगार बनाएका थिए तर अहिले अवस्था फेरिएको छ। सालमा चान्दा संकलन गरेर मेला ठेला लगाएर आर्केष्ट्रा नचाउने र समाजलाई विकृत तर्फ धकेल्ने काम गरिरहेको अवस्था छ।
लागु औषधको प्रयोग को बारेमा पढिरहँदा लागु औषध के हो भन्ने कुरा जानि राख्नु पनि आवश्यक छ ?
विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार लागु औषध भनेको कुनै पनि किसिमको रसायनिक पदार्थ हो, जुन स्वास्थ्य शरीरको लागि प्रयोग गर्न आवश्यक छैन र यसको प्रयोगले शारीरिक कार्य तथा मानिसको व्यवहारमा परिवर्तन ल्याउन सक्छ । लागु औषध नियन्त्रण ऐन, २०३३ का अनुसार लागु औषध भन्नाले गाँजा, औषधोपयोगी गाँजा, अफिम वा तयारी अफिम, औषधोपयोगी अफिम, कोकाको झारपात, अफिम वा कोकाको सार तत्व मिश्रण वा लवण समेत मिलाई तयार गरिने पदार्थ र सरकारले तोकिदिएका प्रकृतिक तथा कृतिम लागु औषध तथा मनोद्दिपक पदार्थ (Psychotropic Substance) लवर्ण तथा अन्य पदार्थ सम्झनु पर्दछ । नेपालको कानुन अनुसार लागु पदार्थको अबैध ओसार पसार, संचय तथा प्रयोग गर्न बन्देज लगाएको छ




