प्रतिकात्मक तस्बीर
काठमाडौँ । रोल्पामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ ।
नेपाल प्रहरीका अनुसार रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा रुकुम पूर्वबाट जाँदै गरेको जिप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय, रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापाका अनुसार लु १ ज ४१६७ नम्बरको जिप दुर्घटनामा परेको हो ।



प्रहरी निरीक्षक सुनिलका अनुसार जिप सडकबाट ८०० मिटर तल भिरमा खसेको हो।
प्रहरीले थवाङ गाउँपालिकाको जलजलामा मेला भर्ना जाँदै गरेका यात्रु चढेको जिप दुर्घटना भएको अनुमान गरेको छ । वैशाख पूर्णमामा थवाङको जलजलामा मेला लाग्ने गर्छ । अहिलेसम्म उद्धारको कार्य जारी रहेको छ । मृतकको सनाखत भने हुन सकेको छैन ।




