महोत्तरीको गौशाला–१, रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पनि उत्कृष्ट नतिजा ल्याउँदै आफ्नो सफलता यथावत राखेको छ ।
अघिल्लो वर्ष जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको उक्त विद्यालयले यस वर्ष उक्त उत्कृष्टता कायम राख्दै जिल्लाभरिका सामुदायिक तथा संस्थागत विद्यालयलाई पछि पारेको हो ।



विद्यालयका अनुसार यस वर्ष एसईई परीक्षामा सहभागी विद्यार्थीमध्ये ६ जनाले ४ जीपीए प्राप्त गरेका छन् । ४ जीपीए ल्याउने विद्यार्थीहरूमा राज साह रौनियार, नितिश यादव, तपस देव सहनी, निक्की कुमारी यादव, विपुल कुमार सिंह र सन्ध्या बुर्जा रहेको विद्यालयका संस्थापक प्रधानाध्यापक श्याम सापकोटाले जानकारी दिए ।
विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार ३.६ देखि ४.० जीपीएसम्म ७३ जना विद्यार्थी, ३.२ देखि ३.६ जीपीएसम्म ३६ जना तथा २.४ देखि ३.२ जीपीएसम्म २ जना विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयले यस वर्ष पनि शतप्रतिशत नतिजा हासिल गरेको छ ।
जिल्लाभरि शतप्रतिशत नतिजा ल्याउने ३३ वटा विद्यालयमध्ये भानुभक्त मेमोरियल उत्कृष्ट नतिजासहित अग्रस्थानमा रहेको जिल्ला शिक्षा समन्वय एकाईले जनाएको छ । मंगलवार यस खुसियालीमा विद्यालयले विदा समेत दिएको छ ।
प्रधानाध्यापक सापकोटाले उत्कृष्ट नतिजा ल्याउने सम्पूर्ण विद्यार्थी, शिक्षक तथा अभिभावकप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि शैक्षिक गुणस्तरलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएका छन् ।
जिल्लाको नै सवैभन्दा धेरै र गुणस्तरीय पठनपाठन हुने विद्यालयकोरुपमा पहिचान बनाएको विद्यालयले गौशाला नगरपालिकामा शैक्षिक पर्यटनमा समेत महत्वपूर्ण योगदान पुर्र्याएको छ । अहिले विद्यालयमा १० जिल्ला भन्दा बढीवाट अध्यन गर्न आउने गर्दछन । १९ सय भन्दा बढी विद्यार्थी अहिले विद्यालयमा पठनपाठन गरिरहेका विद्यालयले जनाएको छ ।




