काठमाडौँ– सम्पत्तिको विषयमा प्रश्न उठेपछि राजीनामा गरेका पूर्वगृहमन्त्री सुधन गुरुङले फेरि गृहमन्त्रालयमा फर्किने संकेत गरेका छन्।
आइतबार खोरखामा भएको रास्वपाको जिल्ला अधिवेशनमा बोल्दै गुरुङले छानबिन समितिले दोषी नदेखाएमा गृहमन्त्रीकारुपमा फेरि फर्किने संकेत गरेका हुन्। स्रोतविना धेरै सम्पत्ति दिएको भन्दै गुरुङमाथि छानबिन समिति बनेको थियो। समितिले प्रतिवेदन बुझाइ सकेको छ।



यदि फेरि प्रधानमन्त्रीले गृहमन्त्री बनाएपछि दुई महिनासम्म कोही पनि तस्बिर खिच्न, बधाई दिन नआउन उनको आग्रह छ। ‘सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने काम गर्न सुरूका दुई महिनासम्म कोही पनि नआइदिनुहोला’, उनको आग्रह थियो।
गुरुङले आफ्नो बयानका क्रममा समितिका सदस्यहरूको कतिपय प्रश्नहरू निकै कडा रहेको र त्यहीअनुसार आफूले पनि जवाफ दिएकाे खुलाएका छन्। ‘समितिले मलाई यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो? भनेर प्रश्न गर्यो। मैले पनि सहज रूपमा छानबिन समितिलाई नै तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त भनेर प्रतिप्रश्न गरिदिएँ’, उनले भने।





