धनुषा- धनुषामा ट्रयाक्टरले ठक्कर दिँदा एक जना गम्भिर घाईते भएका छन् ।
धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ८ बिसरभोरा टोलस्थित ट्रयाक्टरको ठक्करबाट ५० वर्षीय सत्यदेव रोहिता गम्भिर घाईते भएका छन् । उत्तर दक्षिणको ग्रामिण सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ज.१ त. ९९५४ नम्बरको ट्रयाक्टरले रोहितालाई सोमबार अपरान्ह ५ बजे ठक्कर दिएको हो ।
ठक्करबाट रोहिताको हात र खुट्टामा गम्भीर चोट लागेको छ । वडा नम्बर ८ का वडाध्यक्ष तनुकलाल कुसियैतका अनुसार, रोहिताको गम्भीर रोहिताको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।
रोहितालाई ठक्कर दिने ट्रयाक्टर चालक शैलेन्द्र रोहिता भुला फरार रहेको ईलाका प्रहरी कार्यालय यदुकूहाले जनाएको छ ।




