पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अरूको छोरीलाई आफ्नी छोरी दाबी गरी झुटो विवरणका आधारमा नागरिकता दिलाएको आरोपमा अख्तियारले आज मेयर सिंहसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।



अख्तियारले सिंहसहित वीरगञ्ज–३ का तत्कालीन वडा सचिव भिखारी राय, वडा सदस्य तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत षडकुमार पोख्रेल, गृह मन्त्रालयका उपसचिव पुष्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेल तथा सिन्धुपाल्चोककी रीता भट्टराईलाई प्रतिवादी बनाएको हो । यसअघि लिखत किर्तेसम्बन्धी कसुरमा पक्राउ परेका वीरगञ्जका मेयर सिंह गएको हप्ता धरौटीमा छुटेका थिए ।
अख्तियारले त्यसवारे छानबिन गर्न गठन भएको समितिका संयोजक एवं तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेल विरुद्ध पनि मुद्दा चलाएको छ ।
वीरगञ्ज महानगरपालिकाका मेयर सिंह गत साता पक्राउ परी धरौटीमा छुटेका थिए । भ्रष्टाचारको आरोप खेप्ने उनी महानगरपालिकाका पहिलो मेयर हुन् ।





