सुजाता राई
विराटनगर । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित मासिक ‘साहित्य सृजना र संवाद’ कार्यक्रमअन्तर्गत साहित्यकार तथा समालोचक भवानीप्रसाद पोखरेल लिखित समालोचना सङ्ग्रह शुक्रबार ‘स्रष्टाका सिर्जनाहरू’ को लोकार्पण गरिएको छ।



कार्यक्रमको अध्यक्षता विराट साहित्य सङ्गमको अध्यक्ष मधु पोखरेलले गरेका थिए भने प्रमुख अतिथिका रूपमा प्रा. कविराज न्यौपानेको अतिथ्यतामा प्रज्ञा विवश पोखरेल, सरला चापागाईं, तुलसीनारायण अधिकारी, इरान राई र विध्या न्यौपाने विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा कविता केशरीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने सञ्चालन संस्थाका सचिव गोपाल निर्भिकले सम्हाले।
कृतिमाथि साहित्यकार बाबुराम पोखरेल र रामबाबु दाहालले समीक्षा प्रस्तुत गरेका थिए।

समालोचक भवानीप्रसाद पोखरेलले २०५४ सालमा प्रकाशित कथा सङ्ग्रह ‘दोषी’ बाट आफ्नो पुस्तक प्रकाशन यात्रा सुरु गरेका हुन्। ‘स्रष्टाका सिर्जनाहरू’ उनको १२औँ कृति हो।
सोही अवसरमा इरान राई, मुनाल पोखरेल र कुमार प्रधानलाई संस्थाको आजीवन सदस्यता प्रदान गरिएको थियो भने चिट्ठा गोला प्रथामा विजय हासिल साहित्यकार गोविन्द ढुङेललाई प्रदान गरियो ।
कार्यक्रममा भूपेन्द्रप्रसाद नेपाल, चन्द्रकान्त भट्टराई, अर्जुन नेपाल, भीम कोइराला, नारायण दाहाल, बाबुराम पोखरेल, रामबाबु दाहाल, वासुदेव नेपाल, शारदा कार्की, शम्भुप्रसाद भट्टराई, कविता केशरी, बाबुराम श्रेष्ठ, शिरोमणि भट्टराई, मिनराज ढकाल, एकराज भट्टराई, उमानाथ भट्टराई, हरिप्रसाद अधिकारी, प्रा. खेम नेपाली, केशवबहादुर बस्नेत, रामेश निरौला, केशु विरही, नवराज पोखरेल ‘नवसिला’, शिवनारायण सिंगल, नरेन्द्रमणि न्यौपाने, निर्मला नेपाल, लक्ष्मी रायमाझी, कमलादेवी जोशी, तुलसीनारायण अधिकारी, बलराम पोखरेल, गोविन्द ढुङ्गाना, विध्या न्यौपाने, विद्याप्रसाद गौतम, रोहिणी राशिक, सुजाता राई, सबिना श्रेष्ठ, कविता चापागाईं, राम रिजन यादव, प्रा. डा. चक्रमणि खनाल, कुमार प्रधान, दीपबहादुर खापुङ, हरिप्रसाद वराल, सीमा आभास, लक्ष्मी युक्मी र सुशीला प्रसाईसहित ५५ जना स्रष्टाको सहभागिता रहेको थियो। सहभागीहरूले विभिन्न विधाका रचना वाचन गरेर सुनाए ।





