सुजाता राई
विराटनगर । विराट मैथिली साहित्यकला परिषद्को ३१औँ शृङ्खला शनिबार विराटनगरस्थित स्वर संगम संगीतालयको हलमा सम्पन्न भएको छ।



परिषद्का अध्यक्ष डोमी कामतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विराट सहित संगमका अध्यक्ष मधु पोखरेल प्रमुख अतिथि थिए। स्वर संगम संगीतालयका अध्यक्ष गुरु कुशेश्वर राई र चारु प्रतिष्ठानका अध्यक्ष डा. देवी पन्थी विशिष्ट अतिथि थिए।

कार्यक्रममा पूजा बहार, भूपाल अधिकारी, मनोज मिश्र, राम रिझान यादव, रामबाबु दाहाल, गोपाल निर्भीक,सुरेश अग्रवाल,प्रयाग न्यौपाने,ऋषि तिवारी,केशव रिजाल,किरण अन्जन रिजाललगायतको उपस्थिति थियो।

कार्यक्रममा २६ जना स्रष्टाले कविता वाचन गरेर सुनाए । यसैबीच, संविधान दिवस २०८३ को अवसरमा संस्थाद्वारा प्रस्तुत गरिएको झाँकीमा सहभागीलाई प्रशंसापत्रसमेत प्रदान गरियो।
संस्थाका सदस्य कारी मण्डलको स्वागत मन्तव्यबाट भएको शुरु भएको कार्यक्रम सुशिला प्रसाई ढुंगानाले सञ्चालन गरेकी थिइन् ।






