महोत्तरी। नविकरणमा ज्यादति तबरले एक सयको सट्टा पाँचसय रकम असुल गरेको विरोधमा निर्वाचित सदस्यहरु विरोधमा उत्रिएपछि गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजाप्रसाद साहले प्रक्रियागत लैजानुको सटटा समाजिक संजालमा नानाथरि लेखेका छन । समितीका सदस्यहरु एवम मीडियालाई समेटेर अध्यक्ष रामराजा प्रसाद साहले आफनो फेसवुकपेजमार्फत असुहाउदो गतिविधी गरेको स्थानिय व्यापारीहरुको भनाई रहेको छ ।गौशाला उद्योग वाणिज्य संघले विधान विपरित उठाएको कदमप्रति व्यापारी व्यवसायीहरुको ध्यानाकर्षण भएको छ ।
संस्थामा आवद्ध रहेको व्यापारी, व्यवसायीहरुले नविकरण शुल्कवापत असुल गरेको ५ सय रुपैयाँ विधानविपरीत रहेको भन्दै चरणवद्ध रुपमा विरोधको कार्यक्रमहरु गर्ने भएका छन ।उद्योग वाणिज्य संघका सदस्य लालबाबु साह भन्नुहुन्छ-‘उद्योग वाणिज्य संघका अध्यक्ष रामराजाप्रसाद साहले सामाजिक संजालमा मेरो चरित्र हत्या गरिएको छ । मैले एक्लै विरोध नभई सयौंको संख्याका व्यापारीहरु विरोध गरेको हो । अध्यक्षले मेरो व्यक्तिगतमात्र नभई यहाँका मीडियाका साथीहरुलाई बदनाम गर्नु कार्य अभिप्राय गलत रहेको छ ।’ अविलम्ब नविकरण शुल्कको सम्बन्धमा कानुन अनुसारको प्रक्रिया अगाडि बढाउनका लागि सदस्य साहले सरोकारवालालाई अनुरोध गर्दै तत्काल नविकरणसम्बनिध कामकाज स्थगित गराई मारमा परेका व्यापारीहरुको चार सय रकम फिर्ता गराई दिनहुनको लागि माग गरेको छन ।
अध्यक्ष साहले केही दिन अगाडि आफनो फेसवुकपेजमा सदस्य लालबाबु साह र मीडियाले आफुलाई बदनाम बनाउने मानसिकताले आफ्नो पर्सनल रिसिईबी वा गौशाला उद्योग वाणिज्य संघलाई डुबाउने मनसायले मीडियाबाजी गरेको/गराएका भन्दै आरोप लगाएका छन् । पछिल्लो कार्यकालमा निर्वाचित भएका राजाराम गीरीले समितिबाट माईन्युट पास गरेर १५ सय लिएको कारण आफुहरुले पनि त्यही अनुसारको रकम उठाएको अध्यक्ष साहले आफनो फेसवुकमा उल्लेख गरेका छन ।यस बजारमा कारोबार गर्दै आएका व्यापारीहरु दिनका दिन बजार ठेकेदार तथा अन्य कारणले चपेटामा परिरहेका छन् । बजार ठेक्केदारले मनपर्दी रुपमा चालीस रुपैयाँको ठाउँमा एक सय रुपैयाँसम्म बट्टी असुल गरेको समयमा उद्योग वाणिज्य संघले नियन्त्रणको लागि कुनै ठोस रुपमा पहल नगरिक अझ नविकरण शुल्क विधान विपरीत उठाएर व्यवसायीहरुलाई निराश बनाएको सदस्य साहले बताउनुभयो ।
पूर्व अध्यक्ष राजाराम गिरीको कार्यकालमा ( २०७४/१०/१४) मा भएको माईन्युटलाई निरन्तरता दिनु कुनै कान्ुनी आधार नदेखिएको उद्योग वाणिज्य संघमा आवद्ध समितीका सदस्यहरुले बताएका छन । वर्तमान समयमा सो निणर्यलाई कार्यान्वयन गराउनका लागि कुनै किसिमको प्रक्रियागत रुपमा कार्यसम्पादन नगरेकै कारण सो निणर्य अहिले मान्यता नहुने उद्योग वाणिज्य संघका समितीका पूर्व पदाधिकारीहरुले तर्क राखेका छन । पदमा रहेर पावर र पैसाको धाक देखाई एक सय रुपैयाँको सट्टा पाँच सय लिएर विधान विपरित कार्य गर्नु आपतिजनक रहेको पूर्व समितिहरुको बुझाई रहेको छ ।