राजविराज। कोशी नदीमा डुबेर एक बालकको सोमबार दिउँसो मृत्यु भएको छ ।मृत्यु हुनेमा भारतको सुपौल जिल्ला कुनौली ग्राम पंचायत वडा नम्वर ७ बस्ने सिताराम मुखियाको अन्दाजि ८ वर्षीय छोरा विकाश कुमार मुखियाको कोशी नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतककी आमाका अनुसार केहि दिन अघि सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका वडा नम्वर १४ डलवा आफ्नै आमा संग मामा घर आएका थिए ।कोशी नदिमा बाढी सँगै आएको दाउरा टिप्नको लागि गएको थियो ।
उनको सोही क्रममा नदीमा डुबरे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्त माधव प्रसाद काफ्लेले जानकारी दिए ।घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।