
राजविराज । अवैध रुपमा भित्र्याउँदै गरेको रँगा सप्तरीबाट प्रहरीले बरामद गरिएको छ ।
जिल्लाको सुरुङ्ग नगरपालिका वडा नम्वर १० बलान खोलबाट मंगलबार विहान २ बजेको समयमा बरामद गरिहएको हो ।
ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलिले उक्त रँगा फेला पारेको हो ।
भारतबाट अबैध रुपमा नेपाल ल्याउँ गरेको अवस्थमा ४० वटा राँगा बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।
बरामद भएका ४० वटा रँगा १६ लाख मूल्य बराबरको मुल्याङन गरी आवश्यक कारवाहीका लागि राजविराज भंसार कार्यालय तिलाठी पठाईएको प्रवत्ता काफ्लेले बताए ।