![](https://shirishnews.com/wp-content/uploads/2021/07/Pakrau_bara.jpg)
बारा- बाराबाट प्रहरीले हात्तीको दाह्रा सहित तीन जनालाई पक्राउ गरेको छ ।
निजगढ नगरपालिका–११ रतनपुर बस्ने ३४ वर्षीय सूर्यप्रसाद तामाङ, ३५ वर्षीय दिलबहादुर घलान र मकवानपुरको हेटौंडा नगरपालिका–१३ पदमपोखरी बस्ने ३५ वर्षीय सुवास तामाङलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित २ नम्बर पुल नजिक जर्गा होटल अगाडिबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । हेटौडाबाट पथलैयातर्फ आउँदै गरेको ना ५० प १२२७ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्नेक्रममा पछाडि बसेका सूर्यप्रसादले प्लाष्टिकको बोरामा लुकाइछिपाई राखेको हात्तीको दाह्रा फेला परेपछि उनीहरुलाई पक्राउ गरेको मिश्रले बताए ।
हात्तीको दाह्रासहित पक्राउ परेका तीनै जनालाई आवश्यक कानूनी कारबाहीका लागि पर्सा राष्टिय निकुञ्ज कार्यालयमा पठाइएको छ ।