महोत्तरी- औरही नगरपालिकाले किसानहरुलाई सिचाइको लागि मोटर वितरण कार्यक्रम सुरु गरेको छ ।
औरही नगरपालिकाले नगरपालिकाको वडा नम्बर १,२,७,८ र ९ का किसानहरुलाई मोटर वितरण गर्न सुरु गरेको हो ।



नगरपालिका कृषि शाखामा मोटर माग भएका पहिलो निवेदकहरुबाट छनोटमा परेका ७८ जनालाई वितरण गर्ने कार्य सुरु गरिएको हो ।
शुक्रवार नगरपालिकाको कार्यालयले प्रहरी चौकी औरहीमा राखिएको ठाँउबाट ६० जना किसानलाई मोटर वितरण गरिएको छ। बाकी निवेदनकहरु छटेका किसानहरु पछि लिएर जाने औरही नगरपालिका कृषि शाखाले जनाएको छ।
किसानहरुको उत्पादनमा बृद्धि गर्ने उद्देश्यले सिचाईको लागि मोटर वितरण गर्न सुरु गरिएको नगरप्रमुख प्रदिप कुमार खडकाले जानकारी दिए । जसमा किसानबाट २५ प्रतिशत नगरपालिकाबाट ७५ प्रतिशत अनुदानमा मोटर वितरण गरिएको जनाएको छ ।
सिचाईको मोटर प्राप्त गर्न नगरपालिकाले निकाले सार्वजनिक सुचनाको आधारमा वडा कार्यालय सिफारिस, ४ विगाह क्षेत्रफल भएको धनी पुजा सहितको कागजात पेश गरेपछि छनोटका आधार मोटर वितरण गर्न सुरु गरिएको कृषि शाखा प्रमुख कविता बिष्टले जानकारी दिए । उनका अनुसार छनोटमा परेका किसानहरुलाई सिचाईको मोटर वितरण गरिसक्ने लक्ष्य लिएको छ ।





