जनकपुर। धनुषामा करेन्ट लागेर मृत्यु भएको घटनामा नयाँ खुलासा भएको छ । गत असार ३० गते धनुषाधाम नगरपालिकामा एकजनाको करेन्ट लागेर मृत्यु भएको घटनामा नियतवसनै हत्या गरिएको भनि खुलासा भएको हो ।
सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै घटनामा बाचेका धनुषाधाम नगरपालिका वार्ड नं ७ निवासी रामजीवन यादवले आफु र आफु सहित दुईजनालाई ज्यान मार्ने मनशायले आफनै गाउका केहि व्यक्तिहरुले खेतमा बदेल धपाउनका लागि लगाइएको करेन्टमा आफुहरुलाई अचेत अवस्थामा करेन्टको तारमा फालेको र सो मध्ये एकजनाको तत्कालै मृत्यु भएको वताएका छन ।
असार ३० गते सोहि ठाउकै सोहन साहको टयाक्टरको ड्राइभरको रुपमा कार्यरत आफु साझ ७ बजे बलदेव मण्डलले बटैयामा लिएको खेतमा मुसहरु यादवको थ्रेसरबाट चुटेको धान तौल गर्ने क्रममा पारिश्रमीकको विषयलाई लिएर थ्र्रेसर धनि विच विवाद भएको वताउदै उनले आफु आफना साथी धनी यादव र राजु साह एक पक्षको पक्षमा बोलेपछि रामबाबु मण्डल र बलदेव मण्डलले अचानक कुटपिट गरेको वताए ।
पछि गाउ समाजकै पहलमा झगडा शान्त भएपनि आफु सहितका तीन जना घर फर्कदै गरेको अवस्थामा रामबाबु मण्डलको नेतृत्वमा लाठी भाला सहित आएका समुहले आफुहरुलाई लखेटदै रामबहादुर मण्डलको खेतमा पुरयाई मरनासन्न सम्म कुटपिट गरि अचेत अवस्थामा पुर्व योजना अनुरुप जंगली बदेल मार्न पहिला देखि खेतमा ओछायाइ रहेको विजुलीको नांगो तारमा आफु र धनी यादवलाई पालै पालो बोकेर फालेपछि आफु बेहोस भएको वताए ।
तीनदिन पछि प्रादेशिक अस्प्ताल जनकपुरधाममा होस आउदा धनी यादवको मृत्यु भइसकेको खवर पाएको उनले वताए । करेन्टका कारण धनी यादवको मृत्यु भएको र आफनो हातमा करेन्टका कारण गम्भीर क्षति हुन पुगेकोले दोषीमाथि कडा कारवाहीको माग गरेको छ । पिडीत रामजीवन यादवले घटनामा संलग्नको नामै किटेर इलाका प्रहरी कार्यालय धनुषाधाममा जाहेरी दिदा प्रहरीले दुईजनाको नाम हटाएर ल्याए जाहेरी दरखास्त लिने भनेको समेत आरोप लगाएका छन ।
साधारण विषयलाई लिएर हत्या सम्मको घटना घटाउने माथि कारवाहीका लागि निवेदन दिदा समेत प्रशासनले साथ नदिएपछि वाध्यभएर पत्रकारहरु समक्ष आएको उनले वताउदै न्यायका लागि पहल गरिदिन सवैसंग अपिल समेत गरेका छन ।