
जनकपुरधाम- नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले धनुषाको कमला नदीमा आएको बाढीले भत्काएको बाँधको अवलोकन गरेका छन् ।

कमला नदीमा दुई साताअघि आएको बाढीले सवैला नगरपालिका-१३ किरतपुरको बाँध भत्काएको थियो ।

बाँध भत्किदा अहिले यस क्षेत्रमा भईरहेको वर्षाले गर्दा आउने बाढी बस्तीमा प्रवेश गर्ने जोखिम बढेपछि बाढीको कटान रोक्न अहिले तत्काल अस्थायी बाँध निर्माण भइरहेको छ।

धनुषाको किरतपुर र पटेर्वामा बाँध मर्मतका लागि मजदुरहरुलाई खटाईएको छ । प्लाष्टिकको बोरामा गिट्टी, बालुवा, माटो हालेर बाढीबाट हुने थप कटान रोक्ने प्रयास भइरहेको छ ।

सोहि कमलाको बाढीले कटान गरेको बाँध मर्मत बारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भुसालले स्थलगथत अवलोकन तथा अनुगमन गरेकी हुन् ।

अवलोकनको क्रममा मन्त्री भुसालले आफू मन्त्री भएकै भोलिप्लट बाँध मर्मतका लागि ५० लाख बजेट निकास गरेको बताउँदै उहाँले बाँध मर्मत कै लागि वर्षेनि २-४ करोड खर्च गरेर सम्भव नहुने बताए ।

उनले कमला नदीले सो क्षेत्रमा भत्काएको बाँधको स्थायी रुपमा निर्माण गरिनु पर्ने आवश्यक्ता देखिएको बताउँदै बाँँधको पुर्ननिमाणर्को लागि रकम छुटयाउने आश्वासन समेत दिए ।
