
महोत्तरी,औरही – महोत्तरीमा एक पाँच वर्षीय अवोध बालक छोराको हत्या गरेको आरोपमा बुवा र आमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बालकको बुवा रामगोपालपुर नगरपालिका ६ विशम्भरपुर बस्ने चन्द्र किशोर यादव र कान्छी आमा रागनी देवी रहेको प्रहरीले जनाएको छ । उनिहरुले आफ्नै ५ वर्षीय छोरा रितेश यादवको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।
बालक रितेश बुधवार साँझ देखि हराई रहेको थियो । बालक हराए पछि चारै तिर खोजतलास गरिएपनि राती सम्म भेटिएको थिएन भने विहिवार विहान बालक कै घर भन्दा ५० मिटर पश्चिम हिरा साहको फुलवारीमा रहेको केराको बोट नजिक बालक मृत अवस्थामा परालले छोपेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बालक हराएको भन्दै कान्छी आमा रागनी र बुबा चन्द्र किशोर फरार भएका थिए । हराएका छोरा खोज्न भन्दै एका दुबैजना बेपत्ता भएका स्थानीयले बताए ।
चन्द्र किशोरको सात वर्ष पहिले रजनी यादवसंग मागिं विहे भएकोमा पहिलो श्रीमतिबाट दुई छोरा रहेकोमा चन्द्र किशोरले एक वर्ष पहिले रागनी मुखियासंग दोस्रो विहे गरेका थिए ।
यता रागनीसंग दोश्रो विहे भएपछि परिवारमा खटपट हुदै आएकोमा रजनीले दुवै छोरालाई बुवाकै जिम्मा दिई केहि दिन देखि माईत मै बस्दै आएकी थिइन् । दुई मध्ये जेठो छोराको शव शंकास्पद अवस्थामा भेटिएपछि स्थानियले बुवा र कान्छी आमा मिलेर हत्या गरिएको आशंका गरेका छन् । साथै दुबै जना (वुवा र कान्छी आमा) सम्पर्क विहिन बने पछि स्थानीयको कुरालाई थप पुष्टी हुने अवस्था देखिएको भन्दै प्रहरीले उनिहरुको खोजतलास सुरु गरेको थियो ।
खोजतलासको क्रममा कान्छी आमा रागनीलाई उनको माईती धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिपुरबाट र बुवालाई रामगोपालपुरमै लुकिछिपी बसेको अवस्थामा विहिवार राती पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले बताए ।
पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याउने काम भइ रहेको बताउँदै उनले घटनाको बिषयमा थप अनुसन्धान भइरहेको बताए ।
https://shirishnews.com/news/1087.html
