काठमाडौं । नेकपा एमाले संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली निर्विरोध चयन भएका छन् ।
मंगलबार बसेको उक्त पार्टीको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई सर्वसम्मत रुपमा नेता चयन गरेको हो ।
ओलीलाई संसदीय दलको नेता बनाउन भन्दै उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बैठकमा प्रस्ताव पेश गरेका थिए । प्रस्तावमा अर्का उपाध्यक्ष सुवास नेम्वाङले समर्थन जनाएका थिए ।
मंगलबारको बैठकले दलको नेता चयन गरेको र अर्को बैठकले उपनेता, प्रमुख सचेतक र सचेतक चयन गर्ने बैठकमा अध्यक्ष ओलीले बताएका थिए ।




