काठमाडौं – नेपाली कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति निकालेर सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारबाही गर्न माग गरेका हुन्।



यादवमाथि भृकुटीमण्डपमा बुधबार दिउँसो खुकुरी प्रहार भएको थियो। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। खुकुरी प्रहार आरोपमा नुवाकोट घर भएका श्यामबाबु सापकोटा पक्राउ परेका छन्।
सहमहामन्त्री यादवमाथि आक्रमण गर्ने व्यक्ति, पछिल्तीर हुन सक्ने जो-कोही व्यक्ति वा समूहउपर गहिरो अनुसन्धान गरी कडा कारबाही गर्न कांग्रेसले सरकारसँग माग गरेको हो।
यस्तो छ विज्ञप्ति:





