
महेन्द्रनगर -नेपाली सेनाको धनुषाको महेन्द्रनगर स्थित श्री नाथ गणले सात कोठे पक्की आधुनीक शौचालय भवन साथै वाटर पम्म (चापाकल) निर्माण गरेर स्थानिय मुसहर बस्तीमा हस्तान्तरण गरेको छ ।
क्षीरेश्वरनाथ नगरपालिका -६ स्थित मुसहर बस्तीमा सैनिक कल्याणकारी कोष र श्री नाथ गणको रु १० लाखको लागतमा अत्याधुनिक शौचालय साथै चापा कलको निर्माण गरिएको हो ।
नव निर्मित शौचालय भवनको शुक्रवार गणपति गजेन्द्र रावलले वडा नं. ६ का वडा अध्यक्ष मानबहादुर श्रेष्ठलाई हस्तान्तरण गरेका हुन ।
निर्माण भएको सात कोठे शौचालय भवनमा पाँच वटा शौचालय र २ वटा स्नान घर (वाथरुम) रहेको छ । त्यसैगरी बस्तीमा खोपानीको समस्या सामाधानको लागि ६ वटा चापा कल समेत जडान गरिएको छ ।
सैनिक र नागरिक वीचको सवन्धलाई प्रगाढ वनाउने उद्देश्यका साथ नेपाली सेनाले उक्त शौचालय निर्माण गरेको जनाएको छ । विगत लामो समय देखि शौचालयको कठीनाई रहेको र घरमै शौचालय हुदाँ पनि सानो ठाउँ हुदाँ शौच गर्न निकै गाह्रो हुने र बाटो हिड्दा खानेपानीको समस्याको सास्ती भोग्नु पर्ने रहेको हुदाँ स्थानियको अनुरोधमा सेनाद्वारा शौचालय र खानेपानीको लागि चापाकल निर्माण गरिएको गणपति रावलले जनाए ।
समाजसेवी प्रदीप खातीले उपलब्ध गराएको जग्गामा निर्माण गरिएको शौचालय, स्नानघर र खानेपानी बन्दोबस्तको लागि नेपाली सेनालाई मुसहर बस्तीका बासिन्दाहरुले आभार प्रकट गरेका छन् ।