
लकडाउन केही खुकुलो भएसँगै कोरोना संक्रमणको दर अहिले बढीरहेको छ । देशव्यापी रुपमा संक्रमणको ग्राफ उकालो लाग्न थालेसँगै फेरि लकडाउनका चर्चा सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढेको भन्दै स्मार्ट लकडाउनको सिफारिस गरेको छ ।
कोभिड१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई मन्त्रालयले यस्तो सिफारिस गरेको हो ।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सिंहदरबामा बसेको सीसीएमसी निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव पेश भएको बताइएको छ । नेपालन्युज