
महोत्तरी । महोत्तरीको जलेश्वरमा विश्व हिन्दु परिषद नेपालको जिल्ला स्तरीय ७ सदस्य समिती आज गठन गरिएको छ ।
सामुदायिक विकास परियोजनाको कार्यालयमा अजय मmाको अध्यक्षता र धनुषधारी पाण्डेको प्रमुख आथित्वमा बसेको बैठकले आज ७ स्दस्य जिल्ला स्तरीय समिती गठन गरेको छ ।गठन गरिएको नव समितीमा अध्यक्षमा ब्रजेश मmा रहेका छन भने क्रमश सचिबमा साधना बर्मा,कोषाअध्यक्षमा बैभव चौधरी लाई सर्वस्म्मत रुपमा चयन गरिएको छ ।
विश्व हिन्दु परिषद नेपालले हिन्दु समाजलाई सँगठित गर्दे सामथ्र्य सम्पन्न बनाउँदै हिन्दु धर्म,आस्था,सँस्कृती र समाजमाथी कुनै पनि बाहय आक्रमण भएको अवस्थामा अग्रिणी भएर कार्य गर्ने समितीका अध्यक्ष ब्रजेश मmा ले जानकारी दिएका छन ।
त्यस्तै समितीले असहायहरुलाई भोजनको व्यवस्था,मेडिकल शिविर,जाडोयाममा न्यानो कपडा वितरण,निशुल्क योग शिविर लगायतका सेवाहरु प्रदान गर्ने अध्यक्ष मmाको भनाइ छ ।विश्व हिन्दू परिषद नेपालको स्थापना वि.सं. २०६८ सालमा काठमाण्डौंमा भएको थियो ।