
महोत्तरी । मुस्लिम समुदायको आस्थाको केन्द्र महोत्तरीको रौजामजार संरक्षण अभावमा अव्यवस्थित बन्दै गएको छ ।राजनीतिक दलका स्थानीय नेताहरुको हस्तक्षेप बढ्दै जाँदा धार्मिक आस्थाको केन्द्र रौजा मजारको अस्तित्व संकटमा परेको हो । स्थानीयहरुका अनुसार प्रदेशसभा सदस्य मो. जैनुल राइनले प्रदेश सरकारको करोडौको बजेट रौजा मजार व्यवस्थापनको नाउँमा लगेका छन् । उनकै रेखदेखमा मजारको अधिकांश कार्यहरु हुने गरेको स्थानीय बताउँछन् । उनकै मौखिक दिशानिर्देशमा रौजा मजारमा आएको बजेटहरु खर्चिने गरिएको श्रोत बताउँछन् । प्रदेश सरकारको महिला तथा बालबालिका समिति सभापति समेत रहेका उनले रौजा मजारको विकासको नाउँमा करोडौ रुपैयाँ त्याहाँ लगेका छन् ।
स्थानीयहरुका अनुसार प्राप्त बजेटको ५० प्रतिशत पनि काम गरिएको छैन् । महोत्तरीसहित धनुषा, सिरहा, सर्लाही, रौतहट, बारा, पर्सा लगायत अन्य स्थानहरुबाट आएको श्रद्धालु भक्तजन खुला आकाशमुनी बस्न बाध्य छन् । दरगाह(रौजा मजार)को इतिहास पुरानो भए पनि संरक्षण अभावमा अस्तित्व नै संकटमा परेको स्थानीयहरु बताउँछन् । रौजÞा दरगाहमा मागेको मन्नत (मनोवाञ्छित फल) प्राप्त हुने जनविश्वास रहेको छ । दरगाहमा बाबा गदा अली शाह, बाबा रहम अली शाह, बाबा बहार अली शाहको मजÞार रहेको छ । बाबाले अल्लाहको इबादत (पूजा)मा आप्mनो जीवन समर्पित गरेका थिए । गरिब असहाय मानव जातिको उन्नतिका लागी उनी एकान्त जीवन बिताएका थिए । शासकले पनि पीर फकिरको पहुँच अल्लाह (भगवान) सम्म हुन्छ भनेर राज्यमा आइपरेको संकट निवारणका लागी उनलाई दुवा (प्रार्थना) गर्न लगाउथे ।
मुस्लिम समुदायको आस्थाको केन्द्र रहेको दरगाहमा हाल समुचित व्यस्थापन नहुँदा श्रद्धालुहरू समस्यामा परेको पूर्व उपमेयर असगÞर अलीले बताए । अलीका अनुसार दरगाहमा राजनीति हावी हुँदै गएको छ । राज्यको बजेट धार्मिक स्थलको विकासको नाउँमा अनियमितता भइरहेको उनको गुनासो छ । सबै क्षेत्र राजनीतिबाट ग्रसित रहेको छ, उनले भने धार्मिक क्षेत्रपनि अव अक्षुण्ण रहेनन् । कमिशन आउने जुनसुकै काम गर्न मरिहत्ते गर्ने प्रवृतिले धार्मिक आस्थाको केन्द्रहरु पनि यसको निसानामा परेको उनले थपे । धार्मिक स्थलहरुमा अघिल्लो समयमा हुन लागेको आर्थिक अनिमितताप्रति चिन्ता व्यक्त गर्दै उनले यसप्रति सबै पक्ष गंभिर हुनुपर्ने जिकिर गरे । लाखौं करोडौ मानिसको आस्थाको केन्द्रमै यसप्रकारको गडबडी हुन थालेपछि मान्छेको विश्वास उठ्छ, उनले थपे । त्यसैले यसको संरक्षणमा सरकार गंभिरता पूर्वक लाग्नुपर्ने धारणा उनको छ ।
लाखौ रुपैयाँ भेटी चढाएको छ, उनले भने तैपनि दरगाहको समुचित सौन्दर्यीकरण हुन् सकेको छैन् । दरगाहको जग्गा संरक्षण हुन नसक्दा अतिक्रमणको चपेटामा परेको स्थानीयले बताए । दरगाह वरिपरि फोहरको समुचित व्यस्थापन नहुँदा समस्या उत्पन्न भएको महोत्तरीको पररिया निवासी शेष इलियासले बताए । दरगाहप्रति आस्था राख्नेले मन्नत पुरा भएपछि खसी र कुखुराको बली दिने गरेका छन् । दरगाह वरिपरि फोहरैफोहोर हुँदा ती क्षेत्र दुर्गन्धित बन्दै गएको छ । दरगाह विकास समितिका अध्यक्ष सलिम राइनले समस्या रहेको स्वीकार गर्दै चरणबद्ध रुपमा सुधार गर्दै जाने बताए । प्रदेश सरकारको सहयोगमा मस्जिद, कार्यालय, जनाजÞा निर्माण कार्य भईरहेको उनले बताए ।