
सप्तरी – सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा करारका कर्मचारी राजेश कुमार झालाई जिम्मेवारी माथि जिम्मेवारी गाउँपालिका प्रमुखले दिएकाछन् ।कराका कर्मचारी झाले तिन वटा पदको जिम्मेवारी सम्हाल्दै आएकाछन् ।
बिपद जोखिम न्युनिकरण अधिकृत ,शिक्षा शाखा प्रमुख सुचना अधिकारी रूपमा काम गरि रहेकोले वहाँमा अहमताका साथै थप महत्त्वाकांक्षा बढेको पाएकोछ । त्यसलै जनताका जनप्रतिनिधि सुचिता कुमारी यादवलाई बदनाम गराउन पदीय मर्यादा विपरीत झा काम गरि रहेकाछन् । वहाँ कर्मचारी भएपनि खुलेर राजनीति गरिरहेको गाउँपालिका उपाध्यक्ष सुचिता यादवले आरोप लगएकाछन् ।
राजेश झा ठेक्कापटा , कोटेशन , गैरसरकारी क्षेत्रमा काम गर्ने संघ संस्थाबाट रकम उठाउने प्रतिनिधिको रूपमा पनि काम गर्दै आएको स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले आरोप लगाएकाछन् । राजैश झा ले २०७६÷२०७७ मा गाउँपालिका बाट पेस्की रकम– २०००००० लाख समेत उठाउनु भएको लेखा कागजमा लिखित समाबेस गरिएको छ। एउटै ब्यक्तिलाई तीनवटा जिम्मेवारी राजनैतिक खिचातानीका कारण झाले पद र पावरको भरमा गरिएका सरूवा सहमतिमा आर्थिक चलखेलका गरेको कारण शिक्षा क्षेत्र धारायसी भएकाछन् ।
वहाँको हरेक कला कर्तुत ढाकछोप गर्नमा महारथ हासिल गरेकाछन् । गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह । वहाँ एउटा प्रतिनिधि पात्र मात्रै हुन् । तिलाठी कोईलाडी गाउँपालिकामा नियमविपरीत कर्मचारी नियुक्ति गरियेको र वहाँहरूको नियुक्ति नै भ्रष्टाचार गर्न सहयोगको लागी मात्रै गरेको स्थानीय निशान्त सिंहले बताए । भ्रष्टाचार गर्न अंकुश लगाएका कारण बदनियत पुर्ण तरिकाले पावरको भरमा राजेश झा र गाउँपालिका अध्यक्ष सतिश सिंह मिलि प्रशासकीय अधिकृत राजिब कुमार झालाई सरूवा गराको आरोप स्थानीय युवा बिटु मिश्राले लगाएका छन् ।
राजेश कुमार झा ती ब्यक्ति हुन् ।
जसले बाल केन्द्रीत विपद जोखिम कार्यक्रम का संयोजक भई जिल्ला विकास समिति सप्तरी काम गर्दै आएका थियोे । राष्ट्रमा नयाँ संमरचना गएपछि त्यहीँबाट एउटा चिट्ठी लिइ गाउँपालिका छिरे हाल उक्त कार्यक्रम सम्पन्न भई सकेपनि वहाँ आफ्नो गाउँपालिका प्रमुखलाई नजना दिई खुस पार्न सफल भएर करारमा काम गरि रहेकोछ । वहाँ तीनवटा शाखा प्रमुखको रूपमा जिम्मेवारी लिई ५० लाख भन्दा बढी रकम पेश्की लिई बिना कामकाजको फरफार्क गर्दै आएका छ सो जानकारी श्रोतले गराएकाछन् ।
शाखाहरु बाट उठाएको रकम आफू प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिलाई समेत कमिसनबाट उठेको रकम खुवाउने गरेको स्थानीय युवाहरूले आरोप लगाएकोछ ।