
जनकपुरधाम- धनुषाका आशिक झा चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट भएका छन् । आयोगले शुक्रबार सार्वजनिक गरेको प्रवेश परीक्षाको नतिजा अनुसार २ सय पूणर्ाङ्कमा झाले १ सय ८६ अंक प्राप्त गर्दै सर्वोत्कृष्ट बनेका हुन् । देशभरिबाट ११ हजार प्रतिस्पर्धीलाई उछिन्दै झा सर्वोत्कृष्ट बन्न सफल भएका हुन् ।
झाले सवोत्कृष्ट अंक हासिल गरेसँगै चिकित्सा शिक्षा अध्ययनका निम्ति सरकारले प्रदान गर्ने पूणर् छात्रवृत्ति प्राप्त गर्ने भएको छ । आयोगले पहिलो पटक एमबीबीएसका निम्ति एकीकृत परीक्षा लिएको हो । यसअघि विश्वविद्यालयपिच्छे फरक-फरक परीक्षा लिइन्थ्यो । त्रिपुरेश्वर स्थित विश्व निकेतन माध्यमिक विद्यालयबाट विज्ञान विषय कक्षा ११ र १२ लिएर पढेका झाले २०७७ सालको ब्याचमा उत्कृष्ट अंक लिएर उत्तीणर् गरेका थिए । त्यस लगत्तै एमबीबएीस अध्ययनको लागि लिइएको प्रवेश परीक्षामा पहिलो पटक मै झा सर्वोत्कृष्ट बनेका हुन् । विद्यालयले झालाई शुक्रबार बधाई दिएको छ ।साधारण कृषक परिवारमा जन्मिएका झाले जनकपुरको श्री माध्यमिक विद्यालयबाट ३ दशमलव ७ जीपीए सहित एसईई उत्तीणर् गरेका थिए ।
झाले बुवा-आमा सामान्य किसान भएको र बीएएमएस पढ्दै दाजु अम्बेश झा प्रेरणा र सहयोगले आफू आज एमबीबीएस पढ्ने अवसरको प्राप्त गरेको बताए ।उनले राम्रो गर्न सक्छु परीक्षामा भनेर पढ्नको लागि डेडिकेशन र मिहिनेत गरे र सफल भएको बताए । उनले सर्वोत्कृष्ट नै हुन्छु जस्तो लागेको थिएन तर राम्रो गर्छु भनेर पढेको बताए । उनले भविष्यको लक्ष्य बारे भने, ‘यो अवसरलाई म समाजका निम्ति केही योगदान गर्ने लक्ष्यमा बदल्न चाहन्छु ।’
विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले झा अत्यन्तै सिर्जनशील र मेहनती विद्यार्थी हुन् । उक्त विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी, कानुन र शिक्षाशास्त्रका गरी १ हजार ९ सय विद्यार्थी पढ्छन् । काठमाडौं महानगरपालिकामा रहेका उत्कृष्ट सामुदायिक विद्यालयमध्ये एक हो । कँडेलका अनुसार यस विद्यालयबाट गत वर्ष ८ जनाले एमबीबीएस अध्ययनका लागि छनोट भएका थिए ।
https://www.facebook.com/104607344773010/videos/827467397889548