वर्तमान अवस्थामा पनि हाम्राे देशमा दुई खाले प्रवृत्ति भएका नागरिकहरुले बसाेवास गरिरहेका छन् जुन सदियाैं देखि चलिआएकाे परम्परा लाई निरन्तरता दिन खाेजिरहेका छन् । एउटा प्रवृत्ति शासक मानसिकता बाेकेका नागरिक जुन आफूलाई १ नं नेपालको नागरिक मानिन्छ भने अर्काे प्रवृत्ति भनेकाे बहुसंख्यक शाेसित भएका नागरिक जसलाई २ नं काे नेपालकाे नागरिक मानिन्छ ।
२ नं बहुसंख्यक नागरिक जहिले पनि राज्य सत्ताबाट टाढा र शासकबाट अपहेलित भई राख्दा देशमा बिभिन्न समयमा त्यसका विरुद्ध ऐतिहासिक आन्दाेलनहरु भएकाे कयाैं उदाहरणहरू छन् । खासगरि नेपालमा मधेशी समुदायलाई दाेश्राे दर्जा अर्थात् २ नं काे नेपाली नागरिककाे उपाधि शासकले नदिएकाे हाेइन, दिएकै हाे । र त्यही दाेश्राे दर्जा अर्थात् २ नं काे नेपाली नागरिक जाे मधेशी, आदिवासी जनजाती लगायत उत्पीडनमा परेका र खासगरि मधेशी समुदाय पर्दछन् । २ नं नेपालको मधेशी नागरिकलाई सामान दर्जाकाे नागरिक बनाउन तथा सम्पूर्ण उत्पीडित समुदायलाई उत्पीडन बाट मुक्ति दिलाउन कम्मर कस्ने बहुसंख्यक सम्पूर्ण दाेश्राे दर्जा अर्थात् २ नं नेपाली नागरिकका कमान्डर मधेशका महानायक जननेता जसपाका अध्यक्ष श्रद्धेय मा. उपेन्द्र यादव ज्यू हुनु हुन्छ भने कुरा बिर्सनु भनेकाे आफूले आफैलाई बिर्सेकाे सरह मानिन्छ। २ नं नेपाली मधेशी जनताकाे अधिकारका लागि २०५४ साल देखि मधेशी जनअधिकार फाेरम,नेपालकाे अध्यक्षकाे हैसियतमा"स्वायत्तत संघीयता, सुशासन,पूर्ण समानुपातिक समावेशीता, गणतन्त्र, लाेकतन्त्र, धर्मनिर्पेक्षता जस्ता अनेकाैं यस्ता महत्वपूर्ण सपनाहरू मध्ये एक ठूला सपना "समग्र मधेश एक स्वायत्त प्रदेश" स्थापनाका लागि संघर्ष नै थियाे । ति सपनाहरु मध्ये कतिपय महत्वपूर्ण उपलब्धिहरु जस्तै: संघीय लाेकतान्त्रिक गणतन्त्र, धर्मनिर्पेक्षता, समावेशिता, माैलिक हक भए ।
तर "समग्र मधेश एक स्वायत्त प्रदेशकाे लागि अन्वरत रूपमा संघर्ष गर्दै आइरहेकाे अवस्थामा २२ जिल्ला संग आवद्ध बिभिन्न जात/जातीहरूकाे बसाेवास र तिनका जनघनत्वकाे अवस्था फरक फरक हुने हुँदा एक थरिका मैन्डसेट हुन थाल्याे कि ' कहिं उपेन्द्र यादव जी ले २२ जिल्लालाई मधेश प्रदेश बनाई यादवकाे बर्चश्व स्थापित गर्न लागेकाे त हाेइन '? तर त्याे अथार्थता थिएन । वहाँकाे सपना थियाे मधेशी एकता तर बिभिन्न कारणले सपना सपनामै रहयाे । हाे, त्यही दिन देखि मधेशी समुदाय भित्रकै राजनीति नेतृत्वहरू लाई नै राजनीति रुपमा असुरक्षित महसुस हुन थालेपछि बिभिन्न षडयंत्रकाे शिकारमा मा.उपेन्द्र यादव ज्यूकाे ठूलाे सपना " समग्र मधेश एक स्वायत्त प्रदेश" साकार हुन सकेन र मधेशकाे मुद्दा कमजाेर गर्न बिभिन्न समयमा पटक पटक बाहिरी र आन्तरिक शक्तिहरुले पार्टी फाेड्न लगाई समाप्त पार्न खाेजियाे । हाे, २ नं अर्थात् दाेश्राे दर्जाकाे नागरिक सामान दर्जाकाे नेपाली नागरिक बन्न अहिले पनि संघर्ष जारी नै छ र ती २ नं बहुसंख्यक नागरिकका अध्यक्ष ज्यू पनि दाेश्राे दर्जाकाे नागरिक नै हुनु हुन्छ भने कुरामा हामी गर्व गर्दछाैं र गर्नु पनि पर्दछ । हामीलाई १ नम्बरी अर्थात् शासक बन्नु छैन र बन्नु पनि हुँदैन! हामी राज्य सत्ता संचालन गर्नका लागि लाेकतान्त्रिक मूल्य मान्यतालाई स्थापित गर्नु छ । ******* १८ दिने १ नम्बरी संग प्रश्न:- हामी २ नं नागरिकलाई भ्रममा नपाराैं !! .............................. १) के पार्टी फाेड्ने अध्यादेश ल्याउने ओलीकाे कारण जसपा,नेपाल बनेकाे हाेइन ? २) हिजाे ओलीलाई अतिरन्जित गालि गर्ने १ नम्बरी ओली शरणम् किन्न? ३) हिजाे २०४७ सालकाे संविधान अनुसार नागरिकता संशाेधन गर्न बिधेयक ल्याउने ओली प्याराे किन्न ? ४) प्रतिगमनकारी ओलीलाई टुडीखेलमा झुन्ड्याउनेहरू एक्कासी ओली माेह किन्न ? ५) संघीय लाेकतान्त्रिक गणतन्त्र नेपाल शब्द संविधानबाट हटाउन निर्णय गर्ने ओली जिन्दावाद किन्न ? ६) धर्मनिर्पेक्ष राज्य खारेज गर्ने ओलीलाई समर्थन किन्न ? ७) प्रदेशहरुलाई खारेज गर्ने धम्की दिन लगाउने ओली जिन्दावाद किन्न? ८) राजसंस्था र हिन्दु राज्य फर्काई संघीयता समाप्त पार्ने ओलीलाई साष्टाङ्ग दण्डबत किन्न ? ९) राजदूत नियुक्तिमा मधेशी बुद्धिजीवीहरुलाई बेवास्ता गरि अपमानीत गर्ने ओली समर्पण किन्न ? १०) विभिन्न विश्वविद्यालयका उपकुलपति नियुक्ति असमावेशी गर्ने ओली नै राेज्नुकाे कारण के ? ११) दलित समुदाय बाट प्रतिनिधित्व गर्ने प्रदेश प्रमुखलाई खारेज गर्ने ओलीलाई समर्थन किन्न? १२) मधेशी बाहुल्य भएकाे प्रदेश नं २ लाई बजेट कटाैती गर्ने ओलीलाई समर्थन किन्न ? १३) नेपाली जनताकाे बलिदानी बाट प्राप्त संसदीय व्यवस्था खारेज गर्ने अधिकार कसले दियाे ? याे प्रतिगमन हाे कि हइन ? १४) संविधान सभाबाट बनेकाे संविधानमा व्यवस्था भए अनुसार संविधान संशाेधन गर्न संसद नै चाहिन्छ भने कुरा बुझ्दा बुझ्दै पनि संसद विघटन गरेर नागरिकता बिधेयककाे नाममा जनतालाई किन्न ठग्ने काम भयाे ? १५) मा.रेशम चाैधरी जी लाई नछाेडे सरकारमा नजाने झुठा वाचा गरेर थारूहट आन्दाेलनलाई किन्न अपमान गराउनु भाे ? १६) नगदा नगदी भित्र के कति नगद नारायण प्राप्त भयाे त्यसकाे लिखित रुपमा २ नं नेपाली नागरिकलाई जानकारी किन्न गराउन सकेन? १७) ओली पनि ठिक, देउवा पनि ठिक भएन भने दुवै बेठिक त्याे पनि भएन भने म नै ठिक म नै बेठिक प्रवृत्तिकाे शिलशिलाले २ नं मधेशी जनतालाई अपमान गर्ने गराउने कार्य कहिले सम्म चल्छ ? के याे स्वीकार्य याेग्य छ ? १८) १ नं भएकै कारण जसपा,नेपाल फुटाएकाे हाे त? १९) जसपाकाे निर्णय पनि नमान्ने र कार्यान्वयन पनि नगर्ने भयाे भने किर्ते र जालसाजी गर्ने, त्याे पनि भएन भने आफू अनुसार बनाउन खाेज्ने भएन भने ताथानाम गाली गलाैज गर्न लगाई दिने, के यही हाे १ नम्बरीकाे काम ? २०) प्रदेश २ मा ओली संग साँठघाट गरि प्रदेश प्रमुख जी काे आडमा एमाले नेतृत्वकाे प्रतिगमनकारी सरकार बनाउन खाेज्नुकाे कारण के ? २१) जनताकाे अभिमतबाट प्राप्त संसद वघटन पनि गर्ने र संसद पदमा रही माेलजाेल गरि जनताकाे अभिमतलाई अपमान किन्न गर्नु पर्ने ? प्रश्न गम्भिर छ, १८ दिनमा १ नम्बरीले गरे जस्ताे काम १८ औं पुस्तासम्म नगर्नु पराेस र २ नं नागरिक अर्थात् दाेश्राे दर्जाकाे नागरिक बनाउन अझ उद्दत देेखेका १ नम्बरीहरुकाे सलबलाहटले मधेश र मधेशी तथा उत्पीडनमा परेका समुदायलाई कुनै असर पर्न सक्दैन भने कुराकाे लागि आत्मबल अझ दह्राे हाेस र सहि गलत छुट्याई आफ्नाे भविष्यकाे फैसला आफैले लियाेस भने कुरामा विश्वत छु ।