
काठमाडौँ : सिन्धुपाल्चोक प्रहरी हिरासतमा रहेका एक जनाको मृत्यु भएको छ।बाह्रबिसे नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय खड्कबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए।गत शुक्रबार बिहान धुलिखेल अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतका अनुसार तामाङलाई चोरीको मुद्दामा प्रहरीले साउन १८ गते नियन्त्रणमा लिएको थियो।उनीमाथि एक जनाको एक लाख, सहकारी फुटाएर ८१ हजार ७२५ रुपैयाँ चोरेको आरोप थियो।प्रहरीका अनुसार उनी सुरूकै दिनदेखि बिरामी थिए।उहाँलाई पक्राउ गरेकै दिनदेखि बिरामी हुनुभयो। पक्राउ गर्दा उहाँको नाकबाट रगत बगेको थियो।
त्यो दिन स्वास्थ्य चौकीमै राख्यौं। त्यसपछि प्रत्येक दिन उहाँलाई अस्पताल लगिएको छ, प्रहरी नायब उपरीक्षक बस्नेतले भने, एकदमै धेरै रक्सी चुरोट खाने कारण उहाँ बिरामी हुनुभएको रहेछ। रक्सी खान नपाएपछि उहाँलाई गाह्रो हुने भनिएको छ।त्यसरी बिरामी हुँदा उनलाई पटक-पटक उपचार गराउन लग्ने-ल्याउने भइरहेको उनले बताए। तर २२ गते बिहान भने उनलाई प्रहरीले छटपटाइरहेको अवस्थामा फेला पारेको बस्नेतले बताए।बिहान छटपटाइरहेको अवस्थामा फेला पर्यौं। त्यहाँबाट स्वास्थ्य चौकीमा लग्यौं।चौकीले अस्पताल लग्नु पर्छ भनेको हुँदा हामीले धुलिखेल अस्पताल लगेका थियौं, उनले भने, तर त्यहाँ पुगेपछि तुरून्तै मृत्यु भयो।अहिले शव पोष्टमार्टम गर्न महाराजगञ्जस्थित टिचिङ अस्पतालमा राखिएको छ। उनको पोष्टमार्टम आज हुने प्रहरीले जनाएको छ।प्रहरी हिरासतमा हुँदा पनि उनले अस्वभाविक व्यवहार देखाउने गरेको प्रहरीले जनाएको छ।
रक्सी नभएपछि उहाँले अस्वभाविक व्यवहार देखाउने गरेको भन्ने छ, बस्नेतले भने, हिरासतमा कुटपिट भएरनभएको भन्ने पोष्टमार्टम नभएको हुँदा भन्न सकिन्न। त्यसैले हामीले बोल्न पनि मिलेन।अरू उहाँले टाउको, हात ठोक्काउने, लगायत दैनिक जस्तो गर्नुहुन्थ्यो। उहाँको दिमागी हालत नै त्यस्तो भएको देखियो।तामाङ बिरामी भएको भन्ने जानकारी परिवार समेतलाई पनि दिइएको प्रहरीको भनाइ छ। प्रहरीले यससम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।