जनकपुरधाम। जनकपुरधामस्थित होटल परफेक्ट प्लाजाका सँचालक एवम् होटल व्यावसायी प्रदीप कुमार साह होटल व्यावसायी महासँघ नेपालको केन्द्रीय सदस्यमा चुनिएका छन् । होटल व्यावसायी महासँघ नेपालको काठमान्डौँस्थित भएको १० औँ वार्षिक साधारण सभा तथा चौथो महाधिवेशनबाट साह केन्द्रीय सदस्यमा चुनिएका छन् ।
जनकपुरको रामानन्दचोकस्थित होटल परफेक्ट प्लाजाका सँचालक रहेका साहलाई मधेश प्रदेशबाट केन्द्रीय सदस्यको रुपमा चुनिएको हो । उनी चुनावी प्रक्रियाबाट निर्वाचित भएका छन् । जनकपुरमा रहेको सुविधायुक्त होटलमध्ये उनले सँचालन गरेको होटल परफेक्ट प्लाजा विदेशीहरुको पसँदमा पर्दै आएको छ ।
आन्तरिक पर्यटकलाई समेत लोभ्याएको परफेक्ट प्लाजाको सँचालनबाटै उनलाई मधेश प्रदेशबाट केन्द्रीय सदस्यको रुपमा चुनिएको हो । होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय अध्यक्षमा भने चितवनका दिनेशकुमार चुके निर्वाचित भएका छन् । अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गरिएको छ । महासंघको वरिष्ठ उपाध्यक्षमा शेर बहादुर थापा, प्रशासन ९ संगठन उपाध्यक्षमा वीरञ्जन बटाला, पर्यटन उपाध्यक्षमा सन्तोष उप्रेती निर्वाचित भएका छन् ।
यस्तै उपाध्यक्षमा भाईचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तीलक बहादुर कार्की र देवी गौतम निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा धनादेवी चोखाल, महासचिवमा तुल्सीराम भण्डारी र उपमहासचिवमा राजेश महोत्रा निर्वाचित भएका छन् । सचिवमा राजु अधिकारी, कमल बहादुर बम, धनेश्वर भण्डारी,तारा प्रसाद आचार्य,जनक बहादुर सिंह, बुद्धिप्रसाद पन्त, नारायणबहादुर सेन र मित्र प्रसाद ढकाल निर्वाचित भएका छन् भने कोषाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सुदिप कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
अन्य केन्द्रीय सदस्यहरुमा दिपेन सुवेदी, दिल बहादुर खत्री, कृष्ण बहादुर कार्की, मोहन थेबे, सन्तोष कु. थापा क्षेत्री, राजेन्द्र विक्रम शाही, राम प्रसाद पोखरेल, लाल बहादुर खत्री, लक्ष्मण बस्याल, रमेश कुमार बराल, गोपी सार्की, राजिव श्रेष्ठ, महोदत्त कँडेल, गोपाल वि.सी.,रुद्र बहादुर डाँगी, श्याम कुमार मण्डल, अजय त्रिपाठी, भीमलाल कँडेल, प्रेम कुमार श्रेष्ठ, मोहन सिंह ठकुरी, राधिका लम्साल, केशब दत्त पाण्डेय, सुरेश पाण्डे, उमा ग्राण्डन, जगदिश चन्द्र भट्ट, पिताम्बर पौडेल, गोपाल बहादुर खत्री, लक्ष्मण भण्डारी, हरि प्रसाद गैरे, डम्बर कुमारी श्रेष्ठ, निशाद विक्रम बम, सागर बडुवाल, नेत्रलाल वली, भरत कुमार भट्टराई, विकास डी।सी।, ज्ञान बहादुर गजमेर, टिका बहादुर रायमाझी, बालकृष्ण खड्का, अर्जुन देवकोटा, भिविन्द्र न्यौपाने, सुरेन्द्रलाल श्रेष्ठ, सन्दिप कुमार बस्नेत, टिकाराम श्रेष्ठ, ज्ञानेन्द्र कुमार ढकाल, कुल बहादुर बस्नेत, महेन्द्र श्रेष्ठ, रचनेन्द्र सिंह थापा, बालकृष्ण पौडेल, नारायण प्रसाद भुसाल, खिमराज पौडेल, सुनिता पन्त, प्रकाश कुँबर, शंकरलाल श्रेष्ठ, हरिशा पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् ।