
महोत्तरी - महोत्तरीको गौशाला ४ रजखोरमा बालविवाह विरुद्ध सडक नाटक प्रर्दशन गरि भदौ २९ गते राष्ट्रिय बालदिवसको मनाइएको छ।
स्थानिय श्री जनता मावि का बालअधिकार सचेतना समुहका बालबालिकाहरुद्वारा नाटक प्रर्दशन गरिएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रादेशिक कार्यालय जनकपुरको सहयोग तथा बालअधिकार सचेतना समुहको आयोजना र जनता माविको सहकार्यमा संचालन गरिएको समुहका अध्यक्ष कमलेश साहले बताए ।
प्रदर्शन गरिएको नाटकको माध्यमले बालविवाह अपराध हो , जसले गर्दा बालबालिकाको जिवन अन्धकार मात्र नभई भविष्य नै समाप्त हुने , विवाह गर्ने गराउने सबैले कानुनी सजाय भोग्नुपर्ने र बच्चामै विवाह गरिदिनाले आमा र बच्चा दुबैको ज्यान खतरा हुने ,शिक्षा पुरा नहुने हुदा आत्मनिर्भर नभई विभिन्न समस्याको भागीदार हुनुपर्ने लगायतका अभिभावकहरुलाई जनचेतनामुलक सन्देश दिएको थियो । जनता मावि का कक्षा ६ देखि १० सम्मका बालबालिकाहरुले नाटकमा भाग लिएका थिए ।

इन्सेकको सहयोगमा समुहले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु आयोजना गर्दैआएको छ ।
सो अवसरमा इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साह, इन्सेक महोत्तरी सहजकर्ता सीता केसी, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक शिक्षिका ,विद्यार्थीहरु रहेको थियो ।