सर्लाही । सर्लाहीको एक हार्डवेयर पसलमा आगलागी हुदाँ लाखौंको क्षती भएको छ । सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका -१ स्थित भक्तिपुर चौलिखा बजारमा रहेको संजय हार्डवेयर पसलमा गए राति आगलागी हुँदा करिब ४० लाख बराबरको क्षति भएको छ ।
आगलागीबाट पसलमा रहेका ४० लाखभन्दा बढी मूल्य बराबरका इनामेल पेन्टलगायत हार्डवेयरका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।स्थानीय व्यापारी सञ्जय साहले सञ्चालन गरेका हार्डवेयर पसलमा गएराति करिब १ बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।
पसलमा आगलगी कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए। प्रहरी, स्थानीयवासी तथा बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।
[caption id="attachment_1892" align="alignnone" width="960"] सर्लाहीको ईश्वरपुर नगरपालिका–१, चौलिखा बजारमा रहेको सञ्जय हार्डवेयर पसलमा गए राति आगलागी हुँदा करिब ४० लाख बराबरको क्षति भएको छ ।[/caption]
[caption id="attachment_1893" align="alignnone" width="959"] सर्लाहीको ईश्वरपुर नगरपालिका–१, चौलिखा बजारमा रहेको सञ्जय हार्डवेयर पसलमा गए राति आगलागी हुँदा करिब ४० लाख बराबरको क्षति भएको छ ।[/caption]
[caption id="attachment_1891" align="alignnone" width="960"] सर्लाहीको ईश्वरपुर नगरपालिका–१, चौलिखा बजारमा रहेको सञ्जय हार्डवेयर पसलमा गए राति आगलागी हुँदा करिब ४० लाख बराबरको क्षति भएको छ ।[/caption]