महोत्तरी । चुरे संरक्षण तथा पर्यटन प्रबर्द्धन फाउन्डेसन नेपालको महोत्तरी जिल्ला कार्यसमिति गठन गरिएको छ।
फाउन्डेसनको केन्द्रिय अध्यक्ष युवराज लामाको प्रमुख आतिथ्य र मधेस प्रदेश अध्यक्ष विष्णु साहको अध्यक्षतामा आज महोत्तरीको बर्दिवासमा आयोजित एक भेलाले महोत्तरी अध्यक्षमा सजिता बस्नेत (डाल कुमारी बस्नेत) को नेतृत्वमा ९ सदस्यीय कार्य समिति चयन गरिएको छ।

समितिको उपाध्यक्षमा यादव ढुंगेल, सचिवमा अजयकुमार साह र कोषाध्यक्षमा रामबाबु ठाकुर चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा पूजा भट्टराई, चुरामणी दाहाल, करुणा पौडेल, हिराकुमारी लुंगेली र मन्दिप विस्ट रहेका छन् ।

चुरे क्षेत्रमा रहेको ऐतिहासिक स्थल, तथा प्राकृतिक सम्पदाका संरक्षण गर्दै पर्यटन प्रबर्द्धन र पर्यटकीय क्षेत्र बनाउनको लागि विभिन्न संघसंस्था लगायत संग सहकार्य र समन्वयन गरि अभियान संचालन गर्ने, जनसमुदायमा समाजिक चेतना जगाउन विभिन्न किसिमको पर्यटन प्रबर्द्धन सम्बन्धी अभियान तालिम, गोष्ठी, अन्तरक्रिया, र्याली, संदेशमुलक कार्यक्रम संचालन गर्ने र गराउने, वन वन्यजन्तु तथा प्राकृतिक सम्पदाको संरक्षणका लागि जनचेतना अभिबृद्धि गर्ने, चुरे क्षेत्र भित्रको वनको अतिक्रमण हुनबाट जोगाउन पहल गर्ने साथै उक्त क्षेत्रमा आवश्यकता अनुसार बृक्षारोपनण गर्न सम्बन्धित निकायसंग सहकार्य गर्ने तथा समन्वय गर्ने , चुरे क्षेत्रको वन भूमि, जल भण्डार, जैविक विधिधताको संरक्षण गदै पर्यटन प्रबर्द्धनका लागि सम्बन्धित सरकारी तथा गैरसरकारी निकायसंग सहकार्य तथा सहयोग गर्ने र चुरे क्षेत्रमा रहेका धार्मिक, साँस्कृतिक जस्ता विभिन्न किसिमको स्थलहरुलाई संरक्षण र सम्बद्धनमा सहयोग पुरयाउने जस्ता उद्देश्य सहित यो फाउन्डेशनको गठन गरिएको सचिव अजयकुमार साहले जानकारी दिए ।




