
जनकपुरधाम- धनुषामा भजनकिर्तन भइरहेको बेला माइकमा करेन्ट प्रवाह भई दुईजना किर्तनमण्डलीको ज्यान गएको छ ।
क्षीरेश्वरनाथ नगरपालिका ३ पर्सा टोलका बुलन यादवको घरमा भइरहेको भजनकिर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका ३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादव रहेको प्रहरीले जनाएको छ ।
दुबैजनाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
