महेन्द्रनगर- धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर नयाँबजार स्थित नव निर्मित दुर्गामन्दिरको धर्मशला उदघाटन गरिएको छ । दुर्गामन्दिर कार्यसमितिका अध्यक्ष सुरेश कापरको अध्यक्षता र नेकपा एमालेका स्थायी समिति सदस्य पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री रघुविर महासेठको प्रमुख आतिथीयमा आयोजित एक कार्यक्रम विच धर्मशालाको उदघाटन गरिएको हो ।
उदघाटन समारोहलाई सम्बाेधन गर्दै नेता महासेठले आफूले जनताको अनुभुती हुने गरी विकासको काम गरेकाे बताए । उनले विकासको दृष्टीकोणले सडकको कुरा गर्दा नेपालमा धेरै सडक हाम्रै पालामा सम्झैाता भएर निर्माण भएको दाबि गरे । उनले चुनावको समय जनता सँग प्रतिवध्ता गरेको एक काम जचुकाली संचालन बाहेक सबै काम भएको दाबि गरे ।
एमाले बनाउन र यहाँ सम्म ल्याउन माधव नेपालले खेलेको भुमिकाको प्रशंसा गर्दै महासेठले पार्टी छोडेर गए, नेपालको पतन हुने बताए । उनले शेरबहादुर देउवाको सरकार विस्तार हुँदा हुदै ढल्ने समेत दावी गरे ।
कार्यक्रममा मिथिला विहारी नगरपालिकाका मेयर अनिल यादव, वटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत, मिथिला नगरपालिका उप–मेयर तारा वस्नेत लामा, नेपाल खेलकुद महासंंघका केन्द्रिय सदस्य अनिल चौधरी लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो भने कार्यक्रम संचालन नेपाल खेलकुद प्रदेश नम्बर दुईका संयोजक कमल किशोर चौधरीले गरेका थिए ।




