
महोत्तरी - जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्राङ्गण भित्र नव निर्मित कार्यालय, व्यारेक,मेश, हिरासतकक्ष र कार्यालय प्रमुख निवासको संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज उद्घाटन गरेका छन् ।

प्रहरी महानिरीक्षक क्षेत्रीले पानसमा बत्ती बाली शिलालेख अनावरण गर्दै समुद्घघाटन गर्नुका साथै कार्यालय परीसर भित्र समीको विरुवा रोपी वृक्षारोपण समेत गरेका थिए ।
सो अवसरमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थ राज भट्टराईले प्रहरी महानिरीक्षक क्षेत्रीलाई मायाको चिनो प्रदान गरेका थिए ।

त्यसैगरी कार्यक्रममा प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रहरी नायव महानिरीक्षक उमेश रंजितकारले धन्यवाद ज्ञापन , महोत्तरीका प्रहरी उपरीक्षक दिनेश कुमार आचार्यले स्वागत मन्तव्य, TST प्रमुख ईन्जिनियर चिरञ्जिबी प्रताप महतोले भवन निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रहरी महानिरीक्षक क्षेत्री द्वारा भवन निर्माण कार्यमा संलग्न आशिष पृथ्वी जे.भी. सुकेधारा काठमाण्डौ मेन Construction का प्रतिनिधि केसव बहादुर दाहाल र नाती बालाजी जे.भी. सिरहा मेन Construction का प्रतिनिधि रंजित कुमार यादवलाई कदर पत्र तथा TST ईन्जिनियर प्रहरी निरीक्षक चिरञ्जिबी प्रताप महतोलाई प्रशंसा पत्र द्वारा सम्मानित गरिएको थियो ।

उक्त कार्यक्रममा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल , जलेश्वर नगरपालीकाका नगर प्रमुख राम शंकर मिश्रा, सशस्त्र प्रहरी वल नेपाल छिन्नमस्ता बाहिनीका स.प्र.ना.म.नि. चन्द्र प्रकाश गौतम , २ नं. प्रदेश स्थित नेपाल प्रहरीका वरिष्ठ अधिकृत, जिल्ला सुरक्षा समितिका पदाधिकारी, जिल्ला न्यायाधिवक्ता, पत्रकार महासंघका अध्यक्ष, सामुदायिक प्रहरी सेवा केन्द्र जलेश्वरका पदाधिकारी, अमर प्रहरीका परिवारजन, पूर्व प्रहरी संगठन महोत्तरीका पदाधिकारी तथा जिल्लामा कार्यरत सकल दर्जाका प्रहरी कर्माचारीहरुको उपस्थिती रहेको थियो ।