हाइटीमा ७.२ रेक्टर स्केलको भूकम्प जाँदा कम्तीमा ३ सय ४ जना मानिसको मृत्यु भएको छ । भूकम्पमा परी १८ सय भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।
शनिबार बिहान हाइटीको सेन्ट लुईस डू सुड सहरदेखि १२ किलोमिटर नजिकै केन्द्रविन्दू भएर भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले पुष्टि गरेको छ ।भूकम्पका कारण त्यहाँको पश्चिम क्षेत्रका धेरै संरचना,होटल तथा चर्चहरुमा क्षति भएको छ ।
ठूलो क्षति भएपछि त्यहाँका प्रधानमन्त्री एरियल हेनरीले एक महिने संकटकालको घोषणा गरेका छन् ।
हाइटी सन् २०१०को भूकम्पबाट भर्खरै तंग्रिदै गरेको अवस्थामा पुनःअर्को ठूलो भूकम्प आएपछि त्यहाँको अवस्था झनै नाजुक भएको छ । त्यसबेला भूकम्पमा परी २ लाख मानिसले ज्यान गुमाएका थिए ।



अमेरिकी राष्ट्रपति जो बाइडेनले हाइटीलाई आफत्कालीन अमेरिकी सहयोगको स्वीकृति दिएका छन्
Je viens de survoler, à basse altitude, la ville des #Cayes pour prendre connaissance de l’étendue des dégâts en vue de mieux canaliser les interventions d’urgence.#Haïti pic.twitter.com/QmYAgRhkQz
— Dr Ariel Henry (@DrArielHenry) August 14, 2021




