
महोत्तरीको गौशलामा आइतवार साँझ ८ बजे एक गाडीले ठक्कर दिंदा एकजनाको घटना स्थल मै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गौशलाको अनुसार गौशाला नगरपालिका १ रामनगरमा बेलुकी ८ बजे स्थानीय ५० वर्षीय रामपुकार महतो भैंसी चराएर आउदै गर्दा बा ६ च ४६१७ नम्बर को गाडीले ठक्कर दिदा घटना स्थल मै मृत्यु भएको हो ।
घटना पश्चात आक्रोसित स्थानीयहरुले गाडीमा आगजनी गरेका छ्न । भिड नियन्त्रण गर्न प्रहरीले हवाई फाईरिङ गरेका छन् ।
गाडी बर्दिवास स्थित अमरपाली जुस कम्पनीको गाडी रहेको बताइएको छ । गाडी चालक सुदिप मगरलाई ईलाका प्रहरी कार्यालय गौशालाले पक्राउ गरेको छ ।