काठमाडौं - नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागू हुनेरी पेट्रोल, डिजेल र मट्टितेलको मुल्यवृद्धि गरेको छ। अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ तथा डिजेल र मट्टितेल १२२ रुपैयाँ पुगेको छ।
त्यसैगरी, निगमले आन्तरिक हवाई इन्धनको मूल्य पनि बढाएको छ। प्रतिलिटर ५ रुपैयाँले बढेर हवाई इन्धन १०६ रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १ सय अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी कायम गर्ने निर्णय गरिएको छ।
एलपी ग्यासको मूल्य भने यथावत् छ।