
सर्लाही- सर्लाहीमा मृत्यु भएको किशोरीको घटनामा स्थानीय तथा परिवारजनले हत्या भएको दावी गर्दै प्रदर्शन गरेका छन् ।
मंगलबार राति मृत फेला परेकी रानिगन्जकी एक किशाेरीको मृत्यु प्रकरणमा स्थानीयवासीले लालबन्दीस्थित ईलाका प्रहरी कार्यालय अगाडि आएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन् ।
किशाेरीको हत्या भएको दावी सहित दोषीलाई कारवाहीको माग गर्दै आक्रोशित स्थानीयहरुले मध्यान्ह १२ बजेबाट नाराबाजी सहित टायर बालेर चक्काजाम गरिरहेका छन् ।
साउन ३१ गतेदेखि बेपत्ता रानिगन्जकी १६ वर्षीया प्रियंका भुजेल मंगलवार राती मृत भेटिएकी थिइन् । उनको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ ।
https://shirishnews.com/news/2415.html